फ्रान्सका डेम्बेले र स्पेनकी बोनमाती फिफा सालका सर्वश्रेष्ठ फूटबलर

IMG-20251217-WA0110

दोहा: फ्रान्सका उस्मान डेम्बेले र स्पेनकी ऐताना बोनमातीले क्रमशः पुरुष र महिला वर्गमा फिफा सालका सर्वश्रेष्ठ फूटबलरको पुरस्कार हासिल गरे। मंगलवार राति कतरको राजधानीमा आयोजित एउटा समारोहमा यी खेलाड़ीहरूलाई सम्मानित गरियो। फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई पहिलोपल्ट च्याम्पियन्स लीगको खिताब दिलाउनमा २८ वर्षीय डेम्बेलेको महत्त्वपूर्ण योगदान रहेको थियो। डेम्बेलेले गत सीजनमा सबै प्रतियोगिताहरूमा जम्मा ३५ गोल गरेका थिए, जसमा २१ गोल लीग-वन्-मा थियो अनि उनी फ्रान्सको शीर्ष घरेलु लीगमा सर्वाधिक गोलदाता रहेका थिए। यसरी बार्सिलोनाकी मीडफिल्डर बोनमातीलाई क्लब र देशको निम्ति अझ एउटा असाधारण सालको निम्ति सर्वश्रेष्ठ महिला फूटबलर चयन गरियो। बोनमाती लगातार तीनपल्ट यस पुरस्कारलाई जित्ने पहिलो महिला फूटबलर बनेकी छन्। बोनमातीले च्याम्पियन्स लीगमा प्लेयर अव् द सीजनको खिताब पनि जितेकी थिइन्। यसबाहेक उनले लगातार ३ पल्ट सालकी सर्वश्रेष्ठ महिला फूटबलरको रूपमा बेलोन डी’ओर पुरस्कार पनि जितिसकेकी छन्। बोनमाकीकी अगुवाईमा बार्सिलोनाले घरेलु स्करमा ट्रेबल जित्यो जबकि स्पेनको साथ उनले च्याम्पियन्स लीग फाइनल र यूरो २०२५ फाइनलसम्मको यात्रा तय गरिन्। ईंग्ल्याण्डलाई लगातार दोस्रोपल्ट यूएफा महिला यूरो कपको खिताब दिलाउने सरीना विगम्यानलाई २०२५-को निम्ति सर्वश्रेष्ठ महिला प्रशिक्षक अनि लुइस एनरिकले फिफा सालका सर्वश्रेष्ठ पुरुष प्रशिक्षकको पुरस्कारले सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement