गान्ताेक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले विवादित पुलिस सब–इन्स्पेक्टर (पीएसआई) को परीक्षा फलमा अहिलेसम्म स्पष्टीकरण नआएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। एसडीएफ महिला शाखाकी प्रभारी कोमल चामलिङको नेतृत्वमा पार्टी प्रतिनिधि टोलीले एसपीएससी कार्यालय पुगेर १२ नोभेम्बर २०२५ मा बुझाइएको ज्ञापनपत्रको अवस्थाबारे जानकारी लिएको थियो। पारदर्शिताका लागि सबै उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न माग गरिए पनि एसपीएससीबाट कुनै आधिकारिक प्रतिक्रिया नआएको एसडीएफले जनाएको छ।
यसैबीच, पार्टी प्रवक्ता योजना खालिङलाई सामाजिक सञ्जालमार्फत गरिएको धम्कीसम्बन्धी विषयमा पनि एसडीएफले प्रहरी अधिकारीसँग सोधपुछ गरेको छ। राष्ट्रिय महिला आयोगको निर्देशन हुँदाहुँदै पनि प्रतिवेदन नआएको भन्दै एसडीएफले न्यायका लागि संघर्ष जारी राख्ने जनाएको छ।











