सुरभि परिवार समाजको रजत जयन्तीकाे अवसरमा आयोजित म्याराथनको लागि सभा सम्पन्न

IMG-20251217-WA0094

खरसाङ: २८ नम्बर समष्टि अन्तर्गत सुरभि परिवार वार्ड नम्बर १० द्वारा आफ्नो समाजको २५औं वर्षगाँठ रजत जयन्तीकाे उपलक्ष्यमा आगामी २८ दिसम्बरमा सम्पन्न हुने नानीहरूकाे दौड म्याराथनकाे सरसल्लाहकाे लागि समाजकाे सभापति रिता प्रधानकाे अध्यक्षतामा सभा सम्पन्न भयो। सभालाई समाजकाे सचिव नर्बु लामाले सञ्चालन गरेको सभामा विशेष सर सल्लाह र सुझावकाे लागि २८ नम्बर समष्टिकाे सभासद् श्याम शेर्पाकाे उपस्थिति रहेको थियो। सभामा समाजकाे सदस्यहरु टेक्निकल सदस्य ऋषि प्रधान, रतन शेर्पाकाे उपस्थिति रहेकोे थियोे। सभामा आगामी हुने नानीहरूकाे म्याराथन मन्टिभिट खेल मैदानबाट शुरु हुनेर र बाईपास भएर उकालो मोटर स्ट्याण्ड हुँदै पार्क लोकेशनको बाटो ओह्रालो हुँदै मन्टिभिट खेलमैदानसम्म पुग्न पर्ने हुन्छ भनी सचिवले जानकारी गराएका छन्। यस म्याराथनबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार सुरभि परिवारकाे रजत जयन्तीको उपलक्ष्यमा नानीहरूकाे लागि आगामी २८ दिसम्बर म्याराथन सम्पन्न हुँदैछ। यसमा छ वर्षदेखि नौ वर्ष यसमा केटाहरु अनि केटीहरुकाे अनि दश वर्षदेखि १२ वर्षसम्म केटाहरू अनि केटीहरु अलग अलग रुपमा प्रतिस्पर्धा गर्नेछ।
सभासद श्याम शेर्पाले विशेष ६ आयोजक पक्षबाट खरसाङकाे सबै खेलकूद संघ, क्लब र समाजहरुलाई उक्त म्याराथनमा उपस्थित भई नानीहरूलाई हौसला प्रदान गरिदिने अनुरोध गरेका छन्। यस म्याराथनकाे लागि जीटीए चिफ अनित थापाले विशेष सहयोग गरिदिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement