बाल कल्याण समूहद्वारा अग्नि पिढीत परिवारको अध्ययनरत् विद्यार्थीको पढाईको लागि आर्थिक सहयोग प्रदान

IMG-20251217-WA0088

सोनादा: गत ८ दिसम्बरको दिन सोनादा पचेङ समष्टिको अप्पर पचेङ नन्द गाउँमा राती आगलागी हुँदा एक घर जलेर खरानी भएको थियो। उक्त आगलागीमा दुई तल्ले काठको घर जलेर खरानी बनेको थियो। रातीको १२ बजीको समयमा भएको आगलागीमा अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङको घर जलेर नष्ट भएको थियो। यस आगलागीमा घर जलेर खरानी बनेपछि आगलागीमा जीउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न नपाएको साथै सबै सर सामानहरु र कागज पत्रहरु पनि जलेर नष्ट भएको थियो। त्यसैले अप्पर पचेङको बाल कल्याण समूहद्वारा हर्कबहादुर गुरुङकी एघारौँ श्रेणीमा‌ अध्ययनरत् नातिनीलाई सहयोग गरेका छन्। यस क्रममा बाल कल्याण समूहका सभापति अरुण राई, सचिव सुबास राई अनि सदस्यहरूले अग्नी पिढीत परिवारका नानी दिपशिखा गुरुङलाई होलिक्रस सोनादा अध्ययनरतलाई सहयोग प्रदान गरेका छन्। बाल कल्याण समूहद्वारा दिपशिखा गुरुङलाई १५ हजारको सहयोग राशि प्रदान गरेका छन्। उक्त आगलागीमा हर्कबहादुर गुरुङकी एघारौँ श्रेणीमा‌ अध्ययनरत् नातिनीको सबै पाठ्य पुस्तकहरु र युनिफर्महरु सबै जलेर खरानी बनेको थियो। त्यसैले सम्पूर्ण बाल कल्याण समूहका सदस्यगण उनको घर पुगेर रुपियाँम १५ हजार हस्तान्तरण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement