उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुनेछ: अजय एडवर्ड्स

IMG-20251217-WA0084

सोनादा: इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्डले आज एक भिडियो सार्वजनिक गरेर इन्टेकको खोलामाथि बनिरहेको उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुने बताएका छन्। उनले इन्टेकको खोलामाथि उन्मुक्ति पुलको निर्माण कार्य चल्दै आएको छ भनी बताएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै उनले भने, “आज मैले इन्टेक वरिपरि क्षेत्रका समाजका नेतृत्वहरूसंग बैठक गरे। पुलको निर्माण कार्यको क्रममा हामीमाथि धेरै दबावहरू भयो।आजको बैठकमा तीन चारवटा समाजका नेतृत्वहरू उपस्थित रहेको थियो। यो पुलको निर्माण कार्य अबको दुई महिनाभित्रमा पूरा हुनेछ अनि पुलको नाम उन्मुक्ति हो। उन्मुक्ति भनेको भष्ट्रचारबाट उन्मुक्ति, गरीबीबाट उन्मुक्ति, पलायन, बेरोजगारबाट उन्मुक्ति, बंगाल सरकारको दबावबाट उन्मुक्ति, केन्द्र सरकारको झूठो आश्वसनबाट उन्मुक्ति होस् भन्ने हाम्रो चाहना हो।’


अजय एडवर्ड्सले अघि भने, ‘हामीले सोच विचार गरेर गोर्खाल्याण्ड पुलको निर्माण गरेका हौँ। तर निर्माण कार्यमा हामीमाथि धेरै दबावहरू आए।यो इन्टेकको उन्मुक्ति पुलको निर्माण कार्यहरूमा पनि हामीमाथि धेरै दबावहरू आइरहेका छन्। पञ्चायत सदस्यहरूदेखि लिएर सभासद आए पुलको निर्माण कार्य रोक्ने धम्की समेत दिएको छ। उन्मुक्ति पुलको निर्माण कार्य ७० प्रतिशत पूरा भईसकेको छ। दुई महिनाभित्रमा पुलको निर्माण कार्य पूरा हुनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement