खरसाङको पाण्डु र महानदी ग्राम पञ्चायतमा कुखुराको चल्लाहरु वितरण

IMG-20251217-WA0078

खरसाङ: प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत र महानदी ग्राम पञ्चायतमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। यस क्रममा पाण्डु ग्राम पञ्चायतमा २५० जना र महानदी ग्राम पञ्चायतमा २५० उन्नत प्रजातिको कुखुराको चल्लाहरु वितरण गरिएको छ। प्रत्येक लाभार्थीलाई १० वटा गरेर चार हप्ताको चल्लाहरु वितरण गरिएको छ। सरकारको योजना अनुसार उन्नत प्रजातिको कुखुराको चल्लाहरु अण्डा र मासुको लागि वितरण गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै सरकारबाट प्राप्त कुखुराको चल्लाहरुलाई पञ्चायतको प्राणी मित्र घर घर पुगेर भ्याक्सिन र नि:शुल्क दबाईहरु वितरण गरिने बताइएको छ‌। यस चल्लाहरु वितरणमा प्राणी सम्पदा विकास विभागको अधिकारीहरु, खरसाङ खण्ड पञ्चायत समिति सदस्यहरु र पञ्चायत सदस्यहरु उपस्थित रहेका थिए‌। यस वितरण कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्राणी सम्पदा विकास विभागका अधिकारी, कर्माध्यक्ष भक्तिमान तामाङ, पञ्चायत सदस्य बिमल राई आदिले विस्तृत रुपमा जानकारी गराउँदै प्राणी सम्पदा विकास विभागको तर्फबाट खरसाङ पञ्चायत समितिमार्फत् पाण्डु ग्राम पञ्चायत र महानदी ग्राम पञ्चायतमा कुखुराको चल्लाहरु वितरण गरिएको जानकारी गराएका छन्।

यसमा जम्मा ५०० जनालाई चल्लाहरु वितरण गरिएको बताए। पहाडमा पञ्चायतीराज फर्किएर आएपछि सरकारबाट विभिन्न सहुलियतहरु वितरण भईरहेको र धेरैले‌ लाभ उठाईरहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement