तीनधारे: प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार, बाघमारा क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामाको पहलमा यस क्षेत्रमा जम्मा २५० जना लाभार्थीहरुलाई प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट उन्नत प्रजातिको कुखुराको चल्लाहरु वितरण गरिएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत पञ्चायत समिति सदस्य कुसाङ लामाको क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्यहरु, प्राणी सम्पदा विकास विभागको कर्मचारीहरु, प्राणी मित्र लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य कुसाङ लामाले प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार र बाघमारा क्षेत्रमा २५० जना लाभार्थीहरुलाई कुखुराको चल्लाहरु वितरण गरिएको जानकारी गराएका छन्। उनले यसको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री र विभागीय अधिकारीहरुलाई धन्यवाद दिएका छन्। उनले वितरण गरिएको कुखुराको चल्लाहरु राम्रोसितले पालनमार्फत् जीविकोपार्जनमा सहयोग गर्ने आशा व्यक्त गरेका छन्।









