विदेशी खेलाड़ीहरूका वेतन सीमित राख्ने आईपीएलको नियमले क्रिकेट जगतमा खलबली

IMG-20251217-WA0062

अबु धाबी: आईपीएल २०२६–को मिनी लिलामीपछि एउटा नियमले क्रिकेट जगतमा खलबली मचाएको छ। यो नियम विदेशी खेलाड़ीहरूका वेतनसँग सम्बन्धित छ। यस नियम अनुसार लिलामीको अवधि जति नै ठूलो बोली हासिल गरे पनि खेलाड़ीहरूले १८ करोड़ रुपियाँभन्दा अधिक कमाई गर्न सक्नेछैनन्। यो नियम पहिलोपल्ट आईपीएल २०२५–को मेगा लिलामीमा लागू गरिएको थियो अनि यसलाई यसपाली पनि कायम राखियो। बाहिरबाट हेर्दा यस नियमले भ्रम सृष्टि गरे पनि यसको पछि बीसीसीआईको एउटा स्पष्ट सोच र फ्रेञ्चाइजीहरूको चिन्ता जोड़िएको छ। आईपीएलको नयाँ नियम अनुसार, कुनै पनि विदेशी खेलाड़ीको अधिकतम वेतन सबैभन्दा महँगो भारतीय खेलाड़ीको रिटेन्शन स्ल्याबभन्दा अधिक हुन सक्नेछैन। मिनी लिलामीको निम्ति यो स्ल्याब १८ करोड़ रुपियाँ तय गरिएको थियो। यसरी कुनै खेलाड़ीमाथि १८ करोड़ रुपियाँ भन्दा अधिकको बोली लागे अतिरिक्त रकम बीसीसीआई–को खातामा जानेछ। त्यस अर्थको प्रयोग खेलाड़ीहरूका कल्याणसँग सम्बन्धित योजनाहरूमा गरिनेछ। यसबीच सम्बन्धित फ्रेञ्चाइजीको पर्सबाट चाहिँ पूरा रकम काटिनेछ। यसरी कुनै विदेशी खेलाड़ीको निम्ति ३० करोड़ रुपियाँको बोली लागे त्यस खेलाड़ीलाई १८ करोड़ रुपियाँको वेतन प्राप्त हुनेछ अनि रहल १२ करोड़ रुपियाँ बीसीसीआई–को प्लेयर वेलफेयर फण्डमा जानेछ जबकि फ्रेञ्चाइको पर्सबाट चाहिँ पूरा ३० करोड़ रुपियाँ नै काटिनेछ। यसरी मंगलवार मिनी लिलामीमा २५.२० करोड़ रुपियाँको बोली हासिल गर्ने अष्ट्रेलियाका अलराउण्डर क्यामरन ग्रीनले पनि केवल १८ करोड़ रुपियाँ पाउनेछन्। यसरी उनको वेतनबाट ७.२० करोड़ रुपियाँको कटौती हुनेछ।
यो नियम केवल विदेशी खेलाड़ीहरूका निम्ति रहेको छ। भारतीय खेलाड़ीहरू चाहिँ पूरा बोलीको रकम पाउने हकदार छन्। यसको उदाहरण आईपीएल २०२५–को मेगा लिलामी देखियो जब रिषभ पन्तलाई २७ करोड़ रुपियाँमा खरीद गऱ्यो अनि उनलाई पूरा वेतन हासिल भयो। पन्त आईपीएल इतिहासको सबैभन्दा महँगो खेलाड़ी हुन्। रिपोर्ट्स अनुसार, यस बद्लाउको पछि फ्रेञ्चाइजीहरूका नालिश मुख्य कारण रहेको छ। केही विदेशी खेलाड़ीहरूले जानीबुझी मेगा लिलामी छोड़्ने गरेको टीमहरूको नालिश रहेको थियो। मिनी लिलामीमा चाहिँ नाम पञ्जीकरण गराएर सीमित विकल्पहरूले गर्दा महँगो बोली हासिल गर्ने विदेशी खेलाड़ीहरूका रणनीतिले गर्दा यस्तो नियम बनाइएको छ। यस समस्याको हल निकाल्न बीसीसीआईले २ वटा ठूलो फसेला लिएको छ। पहिलो नियम अनुसार रेजिस्ट्रेशनपछि लिलामीबाट हट्ने खेलाड़ीमाथि आईपीएलमा हिस्सा लिनदेखि २ सालको प्रतिबन्ध लगाइन्छ। यसरी दोस्रो नियम विदेशी खेलाड़ीहरूका वेतन (भारतीय खेलाड़ीहरूलाई प्राथमिकता अनि विदेशी खेलाड़ीहरूका अधिकतम कमाई सीमित)–लाई लिएर रहेको छ। यस नियमपछि के आईपीएललाई नोक्सान पुग्नेछ भन्ने प्रश्न पनि उठ्न सक्छ। अहिले आईपीएल विश्वको सबैभन्दा लोकप्रिय टी२० लीग हो। विदेशमा हुने अन्य टी२० लीगहरूले खेलाड़ीहरूलाई यसभन्दा अधिक सुरक्षा, प्राथमिकता र पैसा नदिएसम्म आईपीएललाई कुनै खतरा हुनेछैन। विदेशी टी२० लीगहरूको तुलनामा आईपीएल धेरै अघि रहेको हुनाले अहिले कुनै खतरा रहेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement