अबु धाबी: आईपीएल २०२६-को मिनी लिलामीमा मंगलवार चेन्नई सुपर किंग्स (सीएसके)-ले अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने) खेलाड़ीहरूमाथि भरोसा देखाउँदै युवा विकेटकीपर ब्याटर कार्तिक शर्मा र अलराउण्डर प्रशान्त वीरमाथि रेकर्ड बोली लगाउँदा यी दुवै आईपीएल इतिहासको सबैभन्दा महँगो अनक्याप्ड खेलाड़ी बने। केवल १९ वर्षको उमेरमा कार्तिकले १४.२० करोड़ रुपियाँको बोली हासिल गरेर इतिहास रचे। यसरी अनक्याप्ड खेलाड़ी प्रशान्त वीरको निम्ति पनि १४.२० करोड़कै बोली लाग्यो। यसरी यी दुईजना संयुक्त रूपले आईपीएल इतिहासको सबैभन्दा महँगो अनक्याप्ड खेलाड़ी बने। यी दुवै खेलाड़ीको आधार मूल्य केवल ३० लाख रुपियाँ रहेको थियो। यसअघि यो रेकर्ड पेस बलर आवेश खानको नाममा रहेको थियो, जसलाई २०२२-को लिलामीमा १० करोड़ रुपियाँमा खरीद गरिएको थियो। मंगलवार भएको लिलामीमा अनक्याप्ड औकिब नबी (८.४० करोड़ रुपियाँ, दिल्ली क्यापिटल्स) र अलराउण्डर मंगेश यादव (५.२० करोड़ रुपियाँ, रोयल च्यालेञ्जर्स बेंगलुरु)-ले पनि असल अनुबन्ध हासिल गरे।










