अबु धाबी: आईपीएल २०२६-को निम्ति हुने मिनी लिलामीलाई लिएर तयारीहरू पूरा भइसकेको छ। अहिले सबैको नजर मंगलवार हुने लिलामीमा रहेको छ। यसपाली मिनी लिलामी अबु धाबीमा हुनेछ, जहाँ जम्मा ३५० जना खेलाड़ीको नाममा बोली लाग्नेछ। लिलामी भारतीय समयानुसार दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। शुरुवातमा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) सँग लिलामीको निम्ति पञ्जीकरण गराउने १३५५ जना खेलाड़ीको लामो सूची थियो, जसलाई पछिबाट काँटछाँट गरेर ३५० जना खेलाड़ीको अन्तिम सूची तयार गरियो। यसमा २४० जना भारतीय र ११० जना विदेशी छन्। पछिबाट ३५ जना नयाँ खेलाड़ीहरूलाई पनि सूचीमा जोड़ियो, जुन शुरुवातमा सूचीको हिस्सा थिएनन्। आईपीएल २०२६ मिनी लिलामीमा ओर्लिने प्रमुख विदेशी खेलाड़ीहरूमा अष्ट्रेलियाका क्यामरन ग्रीन, दक्षिण अफ्रिकाका क्विण्टन डी कक, श्रीलंकाका दुनिथ वालेलागे र दक्षिण अफ्रिकाका जर्ज लिण्डे सूचीमा सामेल छन्। आईपीएल २०२६-को निम्ति मिनी लिलामीले सबै फ्रेञ्चाइजीलाई आफ्नो टीमहरूलाई नयाँ तरिकाले सन्तुलित बनाउने मौका हासिल हुनेछ। हरेक टीम लिलामीमा रिटेन गरिएका खेलाड़ीहरूपछि बाँचेको पर्स लिएर लिलामीमा ओर्लिनेछ। यसैकारण बजट प्रबन्धन महत्त्वपूर्ण रहनेछ। आईपीएलको नियमहरू अनुसार, हरेक फ्रेञ्चाइजीले १८ देखि २५ खेलाड़ीहरूका टीम बनाउनु पर्नेछ। एउटा टीममा अधिकतम आठजना विदेशी खेलाड़ी रहन सक्छन्। अन्तिम एकादशमा एक समयमा केवल चारजना विदेशी खेलाड़ी खेल्न सक्छन्। खेलाड़ीहरूलाई ब्याटर, बलर, अलराउण्डर र विकेटकीपर-ब्याटर जस्ता वर्गमा बाँड़िएको छ।








