जय शाहद्वारा मेस्सीलाई क्रिकेट ब्याट र टी२० वर्ल्ड कपको टिकट प्रदान

IMG-20251215-WA0129

नयाँ दिल्ली: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सी आफ्नो भारत यात्रा (गोट टूर)-को अन्तिम चरणमा नयाँ दिल्लीमा पुगे। राष्ट्रिय राजधानीमा उनलाई भव्य स्वागत जनाइयो। अरुण जेटली स्टेडियममा आयोजित सम्मान समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का चेयरम्यान जय शाहले मेस्सीलाई भारत र अमेरिकाबीच खेलिने टी२० वर्ल्ड कप २०२६-को टिकट प्रदान गरे। यस कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र डीडीसीए अध्यक्ष रोहन जेटली पनि उपस्थित थिए। मेस्सीलाई रोड्रिगो डी पल र लुईस सुआरेजसँग एउटा फ्रेम गरिएको क्रिकेट ब्याट र टीम इण्डियाको जर्सी पनि उपहार दिइयो। यसरी पूर्व भारतीय गोलकीपर अदिति चौहानले तीनैजना फूटबलरलाई एउटा साइन गरिएको टी शर्ट गिफ्ट गरिन्। अस अवसरमा मेस्सीले भने, यी दिनहरूमा भारतमा तपाईंहरूले जुन माया दिनु भयो त्यसको निम्ति धन्यवाद। यो हाम्रो निम्ति साँच्चै एउटा अनौठो अनुभव थियो। भारतमा फूटबल लोकप्रिय रहेको थाहा थियो तर यहाँ आएर स्वयंले अनुभव गर्नु अविश्वसनीय रह्यो। तपाईंहरूले हाम्रो निम्ति जे पनि गर्नु भयो त्यो अद्भुत थियो, एक प्रकारको पागलपन। म्याच खेल्न या अन्य कुनै अवसरमा हामी कुनै दिन भारत अवश्यै आउनेछौं। मेस्सी सोमवार बिहानै राष्ट्रिय राजधानी पुग्नु थियो तर कुहिरोले गर्दा उनको चार्टर्ड फ्लाइटमा विलम्ब भयो। उल्लेखनीय छ, मेस्सीले यसअघि कलकत्ता, हैदराबाद र मुम्बईको पनि भ्रमण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement