पोषण अभियान: जन आन्दोलनको माध्यमद्वारा व्यवहारमा परिवर्तन

माननीय प्रधानमन्त्रीको सुपोषित भारतको आह्वान, बाल-बालिका, गर्भवती तथा स्तनपान गराउने महिलाहरूको पोषण परिणाममा सुधार ल्याउन लक्षित भारत सरकारको ध्वजवाहक कार्यक्रम रहेको सर्वव्यापी पोषणका लागि प्रधानमन्त्रीको व्यापक कार्यक्रम अर्थात् पोषण अभियानमा प्रतिबिम्बित रहेको पाइन्छ। कार्यक्रमको महत्त्वपूर्ण पक्ष, पिँढी दर पिँढी कुपोषण जारी राख्ने गलत जानकारीका साथै जानकारीको अभावलाई सम्बोधित गर्न तृणमूल स्तरमा समुदायलाई साथमा लिएर अघि बढ्नु रहेको छ। कार्यक्रमअन्तर्गत व्यवहारमा परिवर्तन ल्याउन गरिएका उपायहरूमा समुदाय आधारित कार्यक्रमको आयोजन (सीबीई), सूचना, शिक्षा एवं सञ्चार (आइईसी) तथा वकालतीका साथमा सम्मिलनको माध्यमद्वारा जन आन्दोलनमा व्यापक जनसहभागिता सुनिश्चित गर्नुरहेको छ।

पोषण अभियानको लक्ष्यमाथि ध्यान केन्द्रित गर्दै पोषण अभियान २.० (सक्षम आँगनबाडी तथा पोषण २.०), एकिकृत पोषण सहयोग कार्यक्रमको रूपमा पोषक तत्त्वको शक्तिवर्धन, वितरण, लोक सम्पर्क तथा परिणामका साथ स्वास्थ्य, आरोग्य, रोग अनि कुपोषणविरुद्ध प्रतिरक्षाका लागि चलन विकसित गर्ने उद्देश्यका साथ बजेट २०२१-२२ मा घोषणा गरिएको थियो। जन आन्दोलन विकास गर्ने रणनीतिक स्तम्भको रूपमा सामाजिक अनि व्यावहारिक परिवर्तन सञ्चारित गर्न कार्यक्रमले जोड दिँदछ। अभियान मुख्य रूपमा जागरूकता फैलाउन र पोषण परिणाममा सुधार ल्याउने गतिविधिका साथ मिशन मोडमा कुपोषणको चुनौतीलाई सम्बोधित गर्न लक्षित छ।

समुदायको परिचालन सुनिश्चित गर्दै जनसहभागिता बढाउन, अभियानले लक्षित अभियानका साथ वर्षैभरी व्यवहारमा परिवर्तन ल्याउने निरन्तर प्रयास गर्दछ। यस्ता अभियानले विभिन्न मञ्चको सदुपयोग गर्दै पोषण सम्बन्धी सन्देशहरू प्रसारित गर्दछ। समुदाय आधारित कार्यक्रमहरूका अतिरिक्त यस सघन अभियानमा, आमाहरूका साथै समुदायलाई स्वस्थकर पोषण व्यवहार चलनमा ल्याउन वार्षिक रूपमा पोषण महिना अनि पोषण पाक्षिक आयोजन गरिन्छ। अभियानअन्तर्गत समुदाय आधारित कार्यक्रमहरू प्रत्येक आँगनबाडी केन्द्रमा हप्ताको निश्चित दिन महिनामा दुईपटक आयोजन गरिन्छ। समुदाय आधारित कार्यक्रमअन्तर्गत अन्नप्राशन दिवस, सुपोषण दिवस (विशेष रूपमा पतिलाई शिक्षित गर्न केन्द्रित), किशोर अवस्थामा प्रवेशको उत्सव मनाउनु, आँगनबाडी केन्द्रमा प्रवेशको तयारी, पोषण सुधारसित सम्बन्धित जनस्वास्थ्यबारे सन्देश, हात धुनुको महत्त्व, रक्तहीनताको रोकथाम, पौष्टिक भोजनको महत्त्व, भोजनको विविधता आदि समेटिएको छ। अभियानको शुभारम्भदेखि हालसम्म देशभरीका आँगनबाडी केन्द्रहरूमा ३.७० करोडभन्दा धेरै समुदाय आधारित कार्यक्रमहरू आयोजन गरिसकिएको छ।

आयुष मन्त्रालयको सहयोगमा शुरु गरिएको बिरुवा रोपन पहल अन्तर्गत १.१० लाख जडीबुटीका बिरुवा २१ वटा जिल्लामा रोपिए। यसका अतिरिक्त ४.३७ लाख आँगनबाडी केन्द्र आफ्नै पोषण वाटिका स्थापित गरिएका छन्

पोषणमाथि ध्यान केन्द्रित गर्न पोषण अभियानको जन आन्दोलन घटकअन्तर्गत सुपोषण चलनबारे जागरूकता अनि व्यवहार बढाउन, दुई बृहत् लोकसम्पर्क तथा सामाजिक एवं व्यावहारिक परिवर्तन अभियान चलाइँदैछ। अभियान शुरु गरिएपछि सेप्टेम्बर महिनामा आयोजन गरिने ‘राष्ट्रिय पोषण महिना’को चार संस्करण आयोजन गरिसकिएको छ, जसको व्यापक पहुँचका साथमा परिणाम पनि सकारात्मक आएको छ। प्रमुख गतिविधिमा पोषण मेला, प्रभात फेरी, स्कूलहरूमा पोषणबारे सत्र, स्वयंसहायता समूहको बैठक, रक्तहीनता शिविर, बालकहरू बढ्ने प्रक्रियाको निगरानी, आशा/आँगनबाडी कार्यकर्ताद्वारा घरको भ्रमण, ग्रामीण स्वास्थ्य, स्वच्छता एवं पोषण दिवस आदि आयोजन गरिन्छ।

हालसम्म पालन गरिएको पोषण महिना अनि पाक्षिकमा सम्बन्धित मन्त्रालय, राज्य अनि केन्द्र शासित प्रदेशका साथमा स्थलकर्मीहरूको व्यापक सहभागिता अनि उत्साह देखिएको छ। अग्रपङ्क्तिका कर्मीहरू, समुदाय समूह, पञ्चायतीराज संस्थान, खण्ड अनि जिल्ला स्तरका कर्मी, राज्यका विभाग अनि मन्त्रालयहरूले पोषण अभियानलाई गति प्रदान गर्न उल्लेखनीय काम गर्दैआएका छन्। चौथो राष्ट्रिय पोषण महिना २०२१ मा २०.३२ करोड कार्यक्रम आयोजन गरिएको थियो भने हालै २१ मार्चदेखि ४ अप्रेल २०२२ सम्म आयोजित पोषण पाक्षिकमा २.९६ जन आन्दोलन आधारित गतिविधि सम्पन्न गरिएको थियो। पोषणबाहेक, सामान्य सुस्वास्थ्य अनि स्वच्छता सम्बन्धी आचार व्यवहारबारे सचनेता पनि पोषण अभियानका लाभार्थीहरूलाई मासिक सत्रको माध्यमद्वारा प्रदान गरिन्छ। राष्ट्रिय स्वास्थ्य अभियान (एनएचएम)अन्तर्गत ग्रामीण स्वास्थ्य एवं पोषण दिवसको अवधारणा प्रतिपादित गरिएको थियो। यसलाई वर्ष २००७ देखि सामुदायिक मञ्चका रूपमा, समुदाय अनि स्वास्थ्य प्रणालीलाई जोड्नका साथै सम्मिलित कार्वाही सुगम बनाउन कार्यान्वयन गरिँदैछ। स्वास्थ्य, शुरुवाती शिशु विकास तथा पोषण अनि स्वच्छता सेवालाई घर-आँगनसम्म पुऱ्याउनका साथै उन्नत स्वास्थ्य अनि आरोग्यताका लागि समुदायलाई संलग्न गराउन यसले प्रयास गर्दछ।

राष्ट्रिय पोषण महिनाको पाँचौं संस्करण, जन आन्दोलनलाई जन भागीदारीमा परिणत गर्ने उद्देश्यका साथ जारी छ। ग्राम पञ्चायतद्वारा पोषण पञ्चायतको रूपमा काम गर्दै कुपोषणको चुनौतीलाई सम्बोधित गर्ने सन्देश प्रसारित गर्न यो लक्षित छ

सबैभन्दा महत्त्वपूर्ण, समुदायमा भोजनको विविधतामा सुधार ल्याउँदै जागरूकता फैलाउन तथा कुपोषित शिशुलाई विविध प्रकारका आहार प्रदान गर्ने उद्देश्यका साथ स्थानीय अनि मौसमी तरकारी-सब्जी उब्जनी गर्न पोषण वाटिका स्थापना गर्नमाथि पनि जोड दिइन्छ। पोषण वाटिका स्थापना गर्नुको उद्देश्य जैविक रूपमा फलाइएका स्थानीय सब्जी-तरकारी अनि फलहरूको आपूर्ति सुनिश्चित गर्नुरहेको छ। उल्लेखनीय कुरा के छ भने, आयुष मन्त्रालयको सहयोगमा शुरु गरिएको बिरुवा रोपन पहल अन्तर्गत १.१० लाख जडीबुटीका बिरुवा २१ वटा जिल्लामा रोपिए। यसका अतिरिक्त ४.३७ लाख आँगनबाडी केन्द्र आफ्नै पोषण वाटिका स्थापित गरिएका छन्। राष्ट्रिय पोषण महिनाको पाँचौं संस्करण, जन आन्दोलनलाई जन भागीदारीमा परिणत गर्ने उद्देश्यका साथ जारी छ। ग्राम पञ्चायतद्वारा पोषण पञ्चायतको रूपमा काम गर्दै कुपोषणको चुनौतीलाई सम्बोधित गर्ने सन्देश प्रसारित गर्न यो लक्षित छ। पोषण पञ्चायतमा विशेष ध्यान ‘महिला अनि स्वास्थ्य’ तथा ‘बच्चा अनि शिक्षा’माथि ध्यान केन्द्रित गरिँदैछ। राष्ट्रिय पोषण महिनाले पोषण अनि सुस्वास्थ्यको विमर्शलाई केन्द्रमा ल्याउनका साथै सुसङ्गत तरिकाले पोषण अभियानको सर्वाङ्गीण लक्ष्य हासिल गर्ने मञ्चको रूपमा काम गर्दछ।

भारत सरकारको स्वास्थ्य एवं परिवार मन्त्रालयद्वारा सम्पन्न राष्ट्रिय परिवार सर्वेक्षण-५  (एनएफएचएस-५) (२०१९-२१)अनुसार भारतले राष्ट्रिय परिवार सर्वेक्षण-४ (एनएफएचएस-४) (२०१५-१६)-को तुलनामा कैयौं पोषण सूचकमा धेरै नै सुधार गरेको छ। एनएफएचएस-५ को तथ्याङ्क अनुसार, बालकहरू नबढ्ने (बाउन्ने) स्थिति ३८.४ प्रतिशतबाट घटेर ३५.५ प्रतिशत पुगेको छ। यसै गरी जिउ नलाग्ने स्थिति २१.० प्रतिशतबाट घटेर १९.३ प्रतिशत र उमेर अनुसारको ओजन नहुने स्थिति ३५.८ प्रतिशतबाट घटेर ३२.१ प्रतिशत पुगेको छ। यसका साथै महिलाहरूको (१५-४९ वर्ष आयुवर्ग) सामान्यभन्दा कम उँचाईअनुसार ओजनको (बडी मास इण्डेक्स) प्रतिशत एनएफएचएस-४ को २२.९ प्रतिशतबाट घटेर एनएफएचएस-५ मा १८.७ पुगेको छ।

महान अनि सर्वव्यापी लक्ष्यका साथ शुरु गरिएको पोषण अभियान व्यवहारमा परिवर्तन ल्याउँदै कलिला शिशुहरूका आमा, किशोरी, गर्भवती तथा स्तनपान गराउने महिला, पति, पिता, सासु लगायतका परिवारका सदस्य अनि समुदायका सदस्यहरू, स्वास्थ्य स्याहार कर्मी (एएनएम, आशा, आँगनबाडी कार्यकर्ता) माझ, समुदाय स्तरमा हस्तक्षेप अनि समुदायको सहभागितामाथि ध्यान केन्द्रित गर्दै महत्त्वपूर्ण पोषण आचार-व्यवहारबारे जागरूकता बढाउन लक्षित छ। जनमानसबीच सकारात्मक स्वास्थ्य आचार-व्यवहार प्रोत्साहित गर्न आचार-व्यवहारमा परिवर्तनबारे सन्देश महत्त्वपूर्ण औजार साबित हुनसक्दछ। पोषण अभियानको सफलता जनमानसको विमर्शको केन्द्रमा पोषणको वृत्थलाई स्थापित गर्नसकिए मात्र हासिल गर्नसकिनेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement