मुख्यमंत्रीद्वारा चासोक तङ्नामको शुभकामना

FB_IMG_1765810785572

गान्तोक: सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङ गोलेले सिक्किमका सम्पूर्ण जनसमुदायलाई, विशेषतः लिम्बू समुदायलाई, चासोक तङ्नामको शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्यमा मुख्यमंत्रीले यो जीवन्त बाली उत्सवले भूमिबाट प्राप्त पहिलो उपज अर्पण गर्दै याे देवताप्रति कृतज्ञता व्यक्त गर्ने, मानव कल्याण, समृद्ध बाली र सामूहिक सुख–शान्तिका लागि आशीर्वाद कामना गर्ने परम्परालाई उजागर गर्छ भनि जनाए। यसले प्रकृति, आस्था र समुदायबीचको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो सांस्कृतिक परम्पराको मूल आत्मा हो भनेर मुलसार प्रस्तुत गरे।
यसैगरी मुख्यमंत्रीले चासोक तङ्नामले सिक्किमभरि सद्भाव, समृद्धि र नयाँ आशा ल्याओस्। हाम्रो समृद्ध सांस्कृतिक धरोहरको संरक्षण गरौँ, यसको मूल्यहरूलाई जोगाऔँ, र यो अमूल्य विरासतलाई गर्व र जिम्मेवारीका साथ भावी पुस्तासम्म हस्तान्तरण गरौँ भनि सबै वर्ग समक्ष विनम्र निवेदन टक्राएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement