खरसाङ: खरसाङमा भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाउने सम्मान कार्यक्रमको आयोजना गरिएको छ। खरसाङको एक निजी होटलमा आयोजित उक्त सम्मान कार्यक्रमको आयोजना गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, जलपहाडबाट कर्नेल अमीत आसरी, पवन राई, विशाल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा यसपाली अगमनिवीरमा भर्ती भएर जान लागेका अग्निवीरहरुलाई सम्मान जनाइएको छ। यसपाली अगमनिवीरमा भर्तीको लागि गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ दिएपछि अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाइएको छ। यस क्रममा यस ट्रेनिङमा ४८ जना छोराहरु र ६ जना छोरीहरुले ट्रेनिङ लिएको र यसमा लिखित परीक्षा ४७ जनाले उत्तीर्ण गरेको र अग्निवीरमा २२ जना जान लागेको बताइएको छ। यसको साथै छोरीहरुमा एकजना उत्तीर्ण भएको जानकारी गराइएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, जलपहाडबाट कर्नेल अमीत आसरी लगायत अन्यहरुले सम्भाषण राखेका थिए। यसै कार्यक्रममा अग्निवीरमा भर्ती भएका नानीहरु र अभिभावकहरुलाई सम्मान जनाइएको छ।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको सभापति कप्तान अमृत प्रधान र सचिव कप्तान अजय तामाङले गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ आयोजना गरिएको र यसको लागि सबैले आफ्ना छोरा छोरीलाई पनि ट्रेनिङमा पठाउन सक्ने बताएका छन्। दुवैले आफुहरुले दिएको ट्रेनिङपछि अग्निवीरमा भर्ती भएर गईरहेका नानीहरु र अभिभावकहरुलाई सम्मान जनाइएको जानकारी गराएका छन्।










