देउराली संघ नक्आउट फूटबलः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो बी७ गोइठा बजार

२७ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बी७ गोइठा बजारले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा मंगलवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा बी७ गोइठा बजारले ७ फाइटर्स पानीघट्टालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल साहिल लामाले गरे। अब बिहीवार खेलिने पहिलो सेमिफाइनल म्याचमा सिमलबारी टीई र बेलगाछी स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement