दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टी२० म्याचमा भारतको ७ विकेटले जीत

IMG-20251214-WA0135

धर्मशाला: भारतले आइतवार खेलिएको तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई सजिलै ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथ भारतले ५ वटा म्याचको सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। एचपीसीए स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्ने दक्षिण अफ्रिकी टीम २० ओभरमा ११७ रन बनाएर अल आउट भयो। कप्तान एडन मार्करमलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। मार्करमले ४६ बल खेलेर ६ वटा चौका र २ वटा चौकाको सहायताले ६१ रन बनाए। यसबाहेक डोनोवन फरेराले दोस्रो सर्वाधिक २० रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह, हर्षित राणा, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए। त्यसपछि भारतले १५.५ ओभरमै ३ विकेटमा १२० रन बनाएर म्याच जित्यो। भारतको निम्ति ओपनर अभिषेक शर्माले ३ वटा छक्का र ३ वटा चौकाको साथ १८ बल खेलेर सर्वाधिक ३५ रन बनाए। यसबाहेक शुभमन गिलले २८ र तिलक वर्माले अविजित २६ रन बनाए। अभिषेक र गिलले पहिलो विकेटको निम्ति ५.२ ओभरमै ६० रनको पार्टनरशीप गरी तेज शुरुवात दिलाएपछि भारतलाई म्याच जित्न समस्या भएन। कप्तान सूर्यकुमार यादवले १२ र शिवम दुबेले अविजित १० रन बनाए। सीरीजको चौथो म्याच बुधवार खेलिनेछ। चार ओभरमा केवल १३ रन खर्च गरी २ वटा महत्त्वपूर्ण विकेट लिने अर्शदीपले प्लेयर अव् द म्याचको ट्रफी जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement