सड़क मरम्मत नभएसम्म मे-फेयर-देखि गान्तोक आउन प्रतिवन्ध

SAVE_20220927_225036.jpg

गान्तोक: गान्तोक ७ माइल ग्यास गोदाम नजिक अनि फरेष्ट चेकपोस्ट माथि राष्ट्रिय राजमार्ग-१०-मा मरम्मति कार्य चलिरहेको कारण त्यहाँ उत्पन्न हुने ट्राफिक समस्यालाई ध्यानमा राख्दै प्रशासनद्वारा बिहान ९ बजीदेखि ११ बजीसम्म अनि बेलुकी ४ बजीदेखि ६ बजीसम्म होटल मेफेयर/रुम्तेक फाटकदेखि उभो गान्तोकतर्फ वाहन आउन प्रतिबन्ध लगाएको छ। गान्तोक जिल्लाका पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चाद्वारा जारी आदेशमा उक्त समयमा आपतकालीन वाहनहरू, पुलिस, एम्बुलेन्स अनि अग्निशमनका वाहनहरूलाई प्रतिबन्धबाट छूट दिइनेछ। यो समयमा रानीपूलदेखि गान्तोकतर्फ आउने सबै वाहनहरू मेफेयर-रूम्तेक फाटकदेखि अदमपूल हुँदै बनझाँक्री फल्सको बाटो भएर गान्तोक आउनुपर्ने प्रशासनले सुझाउ दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *