नेपाली चलचित्र फटिचर ७ अक्टोबरमा हलमा आउने

IMG-20220927-WA0182.jpg

गान्तोक: ड्रीम थिएटर मोशन पिक्चरद्वारा निर्मित नेपाली फिचर फिल्म फटीचर आगामी ७ अक्टोबरदेखि राजधानीको सिनेमा घरहरूमा लाग्ने भएको छ। आज फिल्मका निर्माता, निर्देशक अनि कलाकारहरूले एउटा प्रेस वार्ता गरेर सिक्किमका सम्पूर्ण दर्शकहरूलाई हलसम्म पुगेर उक्त फिल्म हेरिदिने अनुरोध गरेका छन्। सिक्किम, कालेबुङ अनि दार्जीलिङमा छांयाङ्कन उक्त फिल्म कमेडी जनरमा रहेको छ। स्थानीय कलाकारहरूलाई लिएर निर्मित उक्त फिल्म पारम्पारिक हांस्य फिल्महरूभन्दा फरक धारमा निर्माण गरिएको निर्देशक माबो हाङले जानकारी गराएका छन्। गतीलै लगानीमा निर्मित उक्त फिल्म पुर्वोत्तर, उत्तर बंगालका हलहरूमा ७ अक्टोबरदेखिनै लाग्ने भएको छ। नेपाल साथै भविष्यमा देशको अन्य भाग अनि विदेशमा पनि यसको प्रदर्शनी हुने जानकारी गराउँदै हाम्रो क्षेत्रबाट निर्मित चलचित्रलाई सबैले नै माया गरेर हलसम्म पुगेर हेर्ने अनि माया देखाउने पनि टोलीले आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *