सोरेङ: नव युवा जागरण संघद्वारा चुम्बुङद्वारा आयोजित १५३औं गान्धी जयन्ती एवं दोस्रो दशेरा फूटबल प्रतियोगिताको पाँचौं दिन जुम सालघारी क्षेत्रका एसकेएम सीएलसी अध्यक्ष खगेन्द्र राई उपस्थित थिए भने जुम सालघारीका एसकेएम युवा मोर्चाका सह संयोजक दिछेन लेप्चा, युवा संयोजक जोन सुब्बा, नाशी संयोजक मिना राई, नारी शक्ति सचिव मोहीश छेत्री, युवाशक्ति समंवयक जीवन खाति, अनिता राई, लक्ष्मी छेत्री, पुनम तामाङ, टीना तामाङ, अरुणा तामाङ लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। आजको खेल फ्यूचर स्टार स्पोर्टीङ क्लब वनाम यङ बोङ्ज फूटबल क्लब छोटा साम्दोङमाझ सम्पन्न भयो। खेलमा छोटा साम्दोङले १ को विरुद्ध ३ गोल गरेर विजयी बने।