सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा रेड बुल फूटबल क्लब (खोआरडांगा)-ले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा रेड बुल एफसी-ले गत संस्करणको च्याम्पियन युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल बिशाल रोयले ४७औं मिनटमा गरे। बिशाल रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने म्याचमा आर्मी रेड र सोरेन ब्रदर्स (झारखण्ड)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।








