गोरुबथानमा २६ करोड लागतका पाँच परियोजनाको उद्घाटन र २५ नयाँ योजनाको शिलान्यास

IMG-20251213-WA0089

कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत २६ करोड रुपियाँ लागतका पाँच परियोजनाको उद्घाटन र २५ नयाँ योजनाको शिलान्यास आज गोरुबथानको सोमबारे बजारमा एक विशेष समारोहबीच सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जीटीएका मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा उद्घाटन र शिलान्यास कार्यक्रम सम्पन्न गरियो। उक्त अवसरमा जीटीएका वरिष्ठ अधिकारी, कालेबुङ विधानसभा क्षेत्रका विधायक रुदेन सादा लेप्चा, सभासद रतन थापा, अन्य सभासदहरू, जिल्ला प्रशासनका अधिकारी, पञ्चायत समिति सदस्य तथा स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
उद्घाटन गरिएको ५ वटा योजनामध्ये शेर्पा गाउँ प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामाजिक भवन, र दुईवटा सडक निर्माण परियोजना रहेका छन्। यी परियोजनाहरू जम्मा रू ५.६५ करोडको लागतमा सम्पन्न भएका हुन्। यससँगै २५ नयाँ योजनाको शिलान्यास पनि गरिएको छ, जसमा बहु-तह (multi-level) पार्किङ, नयाँ सामाजिक भवनहरू र दुई-पम्प अग्निशमन केन्द्र प्रमुख परियोजनाका रूपमा रहेका छन्।

जीटीएको मागअनुसार पश्चिम बंगाल सरकारले गत नोभेम्बर २०२५ मा उक्त नयाँ अग्निशमन केन्द्रका लागि प्रशासनिक स्वीकृति प्रदान गरेको थियो, जसको कुल लागत रू ४.८५ करोड स्वीकृत गरिएको हो। केन्द्र निर्माणका लागि अप्पर फागुमा जग्गा पहिचान भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement