पञ्चायत चुनाउ तयारीलाईबारे प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई दिइयो प्रशिक्षण

IMG-20220927-WA0183.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर आज प्रिसाइडिङ र पोलिङ अफिसरहरूलाई लिएर पहिलो चरणको सभा सम्पन्न भयो। सोरेङ जिल्लाको बीएड कलेजको प्रेक्षागृहमा सम्पन्न सभामा जिल्लापाल भीम ठटालले अध्यक्षता गरेका थिए।

आफ्नो सम्बोधनमा जिल्लापाल ठटालले विशेष गरेर आगामी दिनमा सम्पन्न हुने चुनाउ तयारीबारे जानकारी गराउँदै यसको प्रक्रियाबारे बुझ्न आवश्यक रहेको बताए। उनले जानकारी गराए अनुसार सोरेङ जिल्लामा कूल 36 वटा ग्राम पञ्चायत यूनिट, २ सय वार्ड र १६ टेरिटोरियल रहेको छ। उनले प्रिसाइडिङ अधिकारीहरूलाई वितरण गरिएको पुस्तक राम्रसँगले अध्ययन गरेर आफूलाई सक्षम बनाउनु पर्ने आग्रह गरे। यस प्रकारको प्रशिक्षण कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने उनले जानकारी गराए। जिल्लापाल ठटालले चुनाउ प्रक्रियाको महत्वबारे जानकारी गराउँदै प्रजातन्त्रमा चुनाउ सबै भन्दा ठूलो पर्वकोरूपमा मानिनले गरेको बताए।उक्त कार्यक्रममा सोरेङ जिल्लाका महकुमा अधिकारी रञ्जन राई, डीपीओ दिलीप शर्माले पनि दुईवटा व्याचलाई प्रशिक्षण दिए। यस अवसरमा अधिकारीहरूलाई इभीएम मशिन पनि प्रशिक्षणको निम्ति उपलब्ध गराएको थियो। यस प्रशिक्षण कार्यक्रमको सम्पूर्ण देखरेख अतिरिक्त जिल्लापाल धिराज सुवेदीले गरेका थिए भने दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आगामी २९ सेप्टेम्बरको दिन हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *