सामसिङ जन कल्याण संघको १२औँ स्थापना दिवस पालन

3e544dcc-0285-4244-9f20-46b303303757


कालचिनी- सामसिङ जन कल्याण संघको १२औँ स्थापना दिवस सामसिङ १ नम्बर प्राथमिक पाठशाला भवनमा कुमार विश्‍वको सभापतित्वमा पालन गरियो| मुख्य अतिथिको रूपमा समाजसेवी एस देवनाथ थिए भने विशिष्ट अतिथिको रुपमा सोभा दास,बलराम सार्की, रोसवा मग्रान्ती विशेष रुपमा उपस्थित थिए| कार्यक्रमको प्रथममा सभापति र मुख्य अतिथि एस देवनाथ र अन्य अतिथिको बाहुलीबाट केक काटे भने वालिकाहरूद्वारा नृत्यु प्रस्तुत गरे|
सामसिङ जन कल्याण संघका संस्थापक अध्यक्ष सञ्जयराज विश्‍वले आजसम्म संघद्वारा गरिएका विभिन्न कार्यहरू विषय जानकारी गराए| सामसिङ जन कल्याण संघद्वारा आजसम्म १५-२० वटा विल चियर,ट्राइसाइकल वितरण जरुरमन्दहरूलाई भोजन, वस्त आदि वितरण विकलाङ्गहरूलाई विभिन्न सहयोग, वृक्षरोपन कार्यक्रम, विभिन्न सन्दरभिक विषय लिएर जनचेतना नारीहरूलाई स्वनिर्भर बनाउन विभिन्न तालिम, निःशुल्क मेडिकल र आईक्याम्प आदि आयोजना गरेको बताए| आजको यस कार्यक्रममा सिके सार्कीद्वारा स्वागत भाषण राखे|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *