टीसीबीएसयू बाहेक तृणमूलमा अन्य कुनै सङ्गठन गर्नेहरू विरुद्ध दलीय कारवाई हुने- बिरेन्द्र बारा उराउँ


कालचिनी- तृणमूल समर्थित अनि आईएनटीटीयूसी अनुमोदित एकमात्र तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) रहेको घोषणा विगत १६ दिसम्बरको दिन राज्य नेतृत्वले गरिसकेको थियो| सो मुताबिक नै आजसम्म प्रत्येक चियाबारीहरूमा टीसीबीएसयूको यूनिटहरू गठन हुँदै आइरहेको र पहिला टीडीपीडब्ल्यूयू एवम् अन्यान्य जति पनि ट्रेड यूनियन तृणमूल समर्थित रहेको थियो तिनीहरू सबैलाई गाभेर एउटै टीसीबीएसयू बनाएकोले अब पुरानो कसैको पनि मान्यता नरहेको सर्वविदित हुँदाहुँदै पनि कालचिनी खण्डको डिमा चियाबारीमा अवैद्य रुपमा तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियन अर्थात टीडीपीडब्लूयूको यूनिट सञ्चालन हुँदै आईरहेको कुरा सुनेर औ यसको प्रमाण पाएपछि आज यो पत्रकार सम्मेलन मार्फत टीसीबीएसयूको अध्यक्ष तथा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँले तृणमूलको भनेर जसले पनि टीडीपीडब्लूयू सञ्चालन गर्दैछन् तिनीहरू विरुद्ध पार्टीले कारवाई गर्ने जनाएका छन्|
आज कालचिनीस्थित तृणमूल ब्लक कार्यालयमा एउटा पत्रकार सम्मेलन गर्दै संगठनको पक्षबाट बिरेन्द्र बारा उराउँले आईएनटीटीयूसी अनुमोदित टीसीबीएसयू हुँदाहुँदै श्रमिकहरूलाई दिग्भ्रमित गर्दै टीडीपीडब्लूयू सञ्चालन गर्ने नेतृत्व विरुद्ध दलीय कारवाई हुने जनाएका छन्| तिनले बताएअनुसार पहिलादेखि तृणमूल समर्थित दुई-तीनवटा ट्रेड यूनियनले श्रमिकपक्ष अन्यौलतामा परेकोले राज्य नेतृत्वले अन्ततः १६ दिसम्बर २०२१ सालमा सबैलाई एकठाउँमा गाभेर तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयू बनाएको र अहिले डुवर्स तराईको सम्पूर्ण चियाबारीहरूमा यसको यूनिट रहेको तर बीचमा फेरि यसरी पार्टीको निर्देश बिना नै टीडीपीडब्लूयू सञ्चालन भईरहेको कुरा औ यसको प्रमाण भेटाईएकोले अब यसबारे दलीय अनुसन्धान हुने र जसले पनि टीडीपीडब्लूयू छोड़ेर टीडीपीडब्लूयू सञ्चालन गरिरहेका औ गराईरहेका छन् उनीहरु विरुद्ध दलगत कारवाई गर्ने बिरेन्द्र बारा उराउँले जनाएका छन्| अर्कोतिर डिमा चियाबारीमा टीडीपीडब्लूयू यूनिट गर्ने यूनिट नेता दुर्गण कॉंवरले आफूहरूले यो ट्रेड यूनियन कुनै राजनैतिक दलको आड़मा नभएर यसलाई स्वतन्त्र ट्रेड यूनियनको रुपमा गर्दै आईरहेको र चुनाउको बेला आफूहरूले कुनै पनि राजनैतिक दललाई समर्थन गर्न सक्छ र टीडीपीडब्लूयूको यूनिट डिमा आउट, चिञ्चुला आउटमा रहेको जनाएका छन्| अझै कुमारग्राम खण्डको कोहिनूर, रायडाक आदि चियाबारीहरूमा पनि यूनिट गठनको कुरा चलिरहेको दुर्गण कॉंवरले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement