सात दिनको गुफा बास पछि जसमणि पन्थका गुरुहरुलाई बिदाई

Screenshot_20251213_100330_WhatsApp

गोरुबथान: सात दिवसीय गुफा बास सिद्धाएका जसमणि पन्थका गुरुहरुलाई गुप्तेश्वर धाम सेवा समितिको तर्फबाट खदा लगाएर बिदा गरे। डुवर्सका विभिन्न ठाउँहरुबाट जसमणि पन्थका अनुयायीहरु सात दिनको गुफा खेल्नु वा साधना गर्नलाई गोरुबथानको छोटा फागुमा स्थित गुप्तेश्वर धाममा आएका थिए।आज सात दिनको साधना सम्पन्न गरेर उहाँहरु जान अघि गुप्तेश्वर धाम सेवा समितिको तर्फबाट खादा लगाएर बिदा दिए। जसमणो पन्थका गुरु तेजदिलको सान्निध्यमा ९ जना अनुयायीहरु आएका थिए।यस सात दिनमा आफुहरुले यस धाममा अलौकिक शक्तिको अनुभव गरेको बताए। उहाँहरुले आफ्नो ध्यानक्रममा गुप्तेश्वर धाम नजिकमा ईश्वरको बास भएको ठाउँहरुको पनि पत्तो लगाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement