सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा कनकाईं स्पोर्टिंग क्लब (नेपाल)-ले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा कनकाईं स्पोर्टिंग क्लबले जर्जियन फूटबल क्लबविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निमा तामाङले २०औं र २७औं मिनटमा २ गोल गरे। यसबाहेक अदित्य बनियाले ३१औं मिनटमा गोल गरे। जर्जियन एफसी का खेलाड़ीहरूले दुवै हाफमा लगातार प्रयास गरे पनि गोल गर्न सकेनन्। निमा तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने म्याच मा यूकेएफसी, खरसाङ र रेड बुल, खोआरडांगाबीच भिड़न्त हुनेछ। यूकेएफसी टुर्नामेण्टको गत संस्करणको च्याम्पियन टीम हो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










