कालचिनी- आज विश्व पर्यटन दिवसको उपलक्ष्यमा कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़को काखमा अवस्थित सुन्तलाबारी बजारमा सुन्तलाबारी टूरिस्ट,ट्याक्सी एन्ड गाइड एसोसिएशनको आयोजना औ बक्सा होमस्टे अनर्स एसोसिएशन र वाईएलटीपी राजाभातखावाको सहयोगितामा पर्यटकहरूलाई स्वागत गर्दै विश्व पर्यटन दिवस पालन गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले जनाएका छन्| आज उक्त अवसरमा वाईएलटीपी कलाकारहरूद्वारा सुन्दर नेपाली गीतहरूमा नृत्य प्रस्तुत गर्दै घुम्न आएका पर्यटकहरूलाई स्वागत गरिएको थियो भने सो अवसरमा बक्सा होमस्टे अनर्स एसोसिएशनका सचिव लालसिंह भुजेल लगायत अन्यान्यको उपस्थिति रहेको थियो|
सो अवसरमा रामकुमार लामाले बक्साद्वार पहाड़ स्थित ऐतिहासिक बक्साफोर्टलाई खोलिदिन आग्रह गरेका छन्| साथसाथै सुन्तलाबारीमा कार सफारी खोल्ने र जयन्ती महाकाल धाममा सुरक्षा बॉंध निर्माण र अन्यान्य कार्यहरू सरकारले तत्कालै गर्नु पर्ने निवेदन गरेका छन्|