सामाजिक अभियन्ता एवं समाजसेवी अधिवक्ता बिरेन्द्र रसाइली देशको राजधानी दिल्लीमा प्रतिष्ठित “बाबा साहेब डा. अम्बेडकर राष्ट्रिय फेलोशिप पुरस्कार-२०२५” द्वारा पुरस्कृत

IMG-20251212-WA0115

नयाँ दिल्ली: देशको राजधानी दिल्लीमा आयोजना गरेको बाबा साहेब डा. अम्बेडकर राष्ट्रिय अकादमीको ४१औँ राष्ट्रिय सम्मेलन माझ सामाजिक अभियन्ता अधिवक्ता बिरेन्द्र रसाइलीलाई “बाबा साहेब डा. अम्बेडकर राष्ट्रिय फेलोशिप पुरस्कार-२०२५” ले पुरस्कृत गरिएको छ। दार्जिलिङको मिलिङ कमानका स्थायी बासिन्दा एवं सिलगढी अदालत अनि सर्किट बेन्च जलपाईगुडी उच्च न्यायालय, कलकत्तामा कार्यरत अधिवक्ता बिरेन्द्र रसाइलीलाई तिनले समाज अनि जातिका भूइँमान्छेहरूका निम्ति पुर्‍याइरहेको अतुलनीय योगदानको कदर गर्दै दुइ दिवसीय भव्य समारोहको आज प्रथम दिन यस प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको हो।
स्मरण गराइन्छ, अधिवक्ता रसाईली गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (ज्ञान) का प्रमुख संयोजक हुन्। तिनले अनावरत रुपमा समाजका शोषित अनि पीडित जनसाधारणका निम्ति निःस्वार्थ रुपमा कार्य गरिरहेका छन्। तिनले पोशागत रुपमा पनि पीडितहरूका निम्ति धेरै कार्यहरू गरिसकेका छन्। तिनले चिया श्रमिकहरूको भूमि अधिकार विषयमा पनि आवाज उठाइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement