विश्व पर्यटन दिवसको शुभकामना व्यक्त

photocollage_2022819224738579.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यबासीलाई आफ्नो फेसबुक पेज मार्फत विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गरेका छन्।संयुक्त राष्ट्रसंघ विश्व व्यापार संगठनद्वारा पहल गरिएको यो दिन पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको छ। महामारीको समयमा पर्यटन उद्योगले धेरै चुनौतीहरूको सामना गर्नुपरेको कारण विगतका केही वर्षहरूमा विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाउन नसकिएको जनाएका छन्। तर यस वर्ष पर्यटन दिवसको नारा ‘पुनर्विचार पर्यटन’ रहेको र यस विषय अनुरुप हामीले विश्वव्यापी पर्यटन प्रवर्द्धन गर्नु पर्ने र पर्यटन क्षेत्रमा बढावा दिनको निम्ति रचनात्मक विचार खोज्नुपर्ने मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *