मुथुम ईलेभेन सिलगढी र डेमोण्ड बोइस स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा

photocollage_202512121913378

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढी र डेमोण्ड ईलेभेन बोइस सिलगढी पुग्न सफल भएको छ। खरसाङको भिक्टोरिया खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको छ। पहिलो सेमीफाइनल खेल आकाशवाणी खरसाङ र मुथुम ईलेभेन सिलगढीमाझ सम्पन्न भएको छ। यस खेलमा पहिला ब्याटिङ गर्दै मुथुम ईलेभेनले निर्धारित १४ ओभरमा 6 विकेटमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्यलाई पछ्याउँदै आकाशवाणी खरसाङ १४ ओभर ४ बलमा ८४ रन मात्रै बनाएर अल आउट भए। यसको साथै मुथुम ईलेभेन सिलगढी फाइनलमा पुग्न सफल बनेको छ। यस खेलमा मुथुम ईलेभेनको बसन्त छेत्री म्यान अफ् द म्याच घोषित भए जसले ब्याटिङमस ४४ रन बनाउनको साथै २ विकेट पनि लिएका थिए। त्यसरी नै दोस्रो फाइनल खेलमा मन्टिभियट इलेभेनले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ वन विकेटमा ९५ रन बनाएका थिए। 96 रनको लक्ष्यलाई खेदो गर्दै डेमोण्ड ईलेभेन बोइस सिलगढीले केवल ६ ओभर ४ बलमा नै १ विकेट गुमाएर लक्ष्य हाँसिल गरेर ९ विकेटले सजिलै विजय बनेका थिए अनि फाइनलमा प्रवेश गरेको छ। यस खेलमा १६ बलमा ५४ रन बनाउने साथै बलिङमा पनि २ विकेट लिने डेमोण्ड ईलेभेन बोइसको मञ्जित सिंह म्यान अफ् द म्याच घोषित भए। अब आगामी १४ दिसम्बर हुने फाईनल खेल मुथुम ईलेभेन सिलगढी र डेमोण्ड ईलेभेन बोइस सिलगढीमाझ उपाधिको लागि हुने भएको छ। यस दुईवटा सेमी फाइनल खेलमा निर्णायकको रुपमा कबीर राई, अनिल लेप्चा रहेका थिए भने स्कोररको रुपमा अर्पण गुरुङ रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement