मुल्लांपुर: आउँदो साल हुने पुरुष टी२० वर्ल्ड कपको टिकटहरूको बिक्री बिहीवारदेखि शुरु भयो। टुर्नामेण्टको शुरुवात ७ फरवरीदेखि हुनेछ, जसमा २० वटा टीमले हिस्सा लिनेछ। टिकटहरूको बिक्री साँझ ६ः४५ बजीदेखि शुरु भयो। भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी२० म्याचमा टसपछि भारतीय कप्तान सूर्यकुमार यादव अनि दक्षिण अफ्रिकी कप्तान एडन मार्करमलाई डमी टिकट सुम्पिइयो। टी२० वर्ल्ड कपको खेल तालिका हालै घोषित गरिएको थियो। भारतले २०२४-मा भएको गत संस्करणमा रोहित शर्माको कप्तानीमा दक्षिण अफ्रिकालाई फाइनलमा पराजित गरी खिताब जितेको थियो। टुर्नामेण्टको दशौं संस्करणका म्याचहरू भारत र श्रीलंकाका आठवटा स्थलमा आयोजन गरिनेछ। आईसीसीका मुख्य कार्यकारी अधिकारी संजोग गुप्ताले भने, टिकट बिक्रीको पहिलो चरण अहिलेसम्मको सबैभन्दा सुलभ र वैश्विक आईसीसी टुर्नामेण्टलाई आयोजन गर्ने हाम्रो यात्राको एउटा महत्त्वपूर्ण माईलखुट्टी हुनेछ। आईसीसी पुरुष टी२० वर्ल्ड कपको निम्ति हाम्रो सोच स्पष्ट छ। हरेक प्रशंसकले वर्ल्ड क्लास क्रिकेट स्टेडियममा म्याचको अनुभव गर्ने मौका पाउनु पर्नेछ, चाहे उनको पृष्ठभूमि र वित्तीय स्थिति जस्तै पनि होस्। केवल १०० रुपियाँ र १००० श्रीलंकाई रुपयेबाट शुरु हुने टिकटहरूको साथ हामी आफ्नो रणनीतिको केन्द्रमा किफायतीपनलाई राखिरहेका छौं। यो लाखौं मानिसहरूलाई क्रिकेटको वैश्विक उत्सवको हिस्सा बन्न आमन्त्रित गर्ने प्रयास हो। २० वटा टीम र ५५ वटा म्याच भएको २०२६ चरण इतिहासको सबैभन्दा महत्त्वकांक्षी र समावेशी टी२० वर्ल्ड कप हुनेछ।








