सिमुलबारी गोल्ड कपः डीबीएफसी (नेपाल) को रोमाञ्चक जीत

IMG-20251211-WA0104

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा धिमाल बस्ती फूटबल क्लब (नेपाल)-ले क्वार्टर फाइनलमा स्थान बनायो । बिहीवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा डीबीएफसी, नेपालले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट आशिष चापागाईंले २७औं र राज छेत्रीले ३९औं मिनटमा गोल गरे। यसरी केएफसीको तर्फबाट प्रणेश प्रधानले ५३औं मिनटमा गोल गरे। आशिष चापागाईंलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र कनकाईं फूटबल क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement