दोस्रो सातामा ‘अभिमन्यु’, शो खोज्दै दर्शक

IMG_7402 (1) (1)

सामाजिक सञ्जालमा गुनासो: “सिनेमा हेर्न पाइएन”

काठमाडौं: विदेशी बजारमा ऐतिहासिक शो हासिल गरेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजदेखि घरेलु प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। गत बिहीबार रिलिज भएको चलचित्रले दोस्रो साता सुरू गरे पनि देशभर शो भने अपेक्षाकृत कम छन्।
तर, उपलब्ध सीमित शोमा भने दर्शकको उपस्थिति राम्रो देखिएको निर्माण केन्द्रीय सदस्यहरूले जनाएका छन्। विभिन्न ठाउँका दर्शकले “सिनेमा हेर्न पाएन”, “शो छैन”, “शो थपिदिनुपर्छ” भन्दै सामाजिक सञ्जालमै निर्माण टिमलाई मेन्सन गर्ने क्रम बढेको छ।
पब्लिक रिभ्यू तथा समीक्षकको प्रतिकूलप्रतिकूल समीक्षा सकारात्मक आएपछि सिनेमा हेर्न खोज्ने दर्शक बढेका छन्। तर शो नपाएर दर्शकले गुनासो राख्न थालेका छन्।
निर्माणपक्षका अनुसार समीक्षक र दर्शक दुवैले राम्रो प्रतिक्रिया दिएको बेला अपेक्षा अनुसार शो नपाउनुले नयाँ प्रयोग र चुनौतीपूर्ण काम गर्न हतोत्साहित हुने अवस्था सिर्जना भएको छ।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’का क्रिएटिभ निर्देशक मदन थापा हुन्। चलचित्रको पटकथा मुकेश खनालले लेखेका हुन्।
चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ र शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन्।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
चलचित्रमा शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement