गान्तोक: सिक्किमीज् मूलवासी सुरक्षा संघ (एसएमएसएस) ले सिक्किम बिहारी जागरण मञ्चको ३२औँ स्थापना दिवसमा बिरेन्द्र प्रसादले राखेको वक्तव्यलाई कडा रूपमा भत्सर्ना गरेको छ। संघले उक्त कार्यक्रममा प्रसादलाई बोलाउनू स्वयं मञ्चको सुनियोजित षड्यन्त्र भएको आरोप लगाएको छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एसएमएसएसका अध्यक्ष रत्नलाल सापकोटाले बिरेन्द्र प्रसादलाई मञ्चमा उभ्याएर सिक्किमेहरूलाई अपमानित गर्ने उद्देश्यपूर्ण प्रयास भएको दाबी गरे।
रानीपुल नजिक सरम्सा गार्डेनमा सम्पन्न कार्यक्रममा प्रसादले सिक्किममा बसेका बिहारी समुदाय “धेरै अधिकारबाट वञ्चित” रहेको बताएका थिए। सो कार्यक्रममा सिक्किम सरकारका मन्त्री तथा विधायकहरू पनि आमन्त्रित थिए।
अध्यक्ष सापकोटाले सरकारी प्रतिनिधिलाई बोलाएर उनीहरूलाई ‘अपमानित गर्ने वातावरण’ तयार गरिएको आरोप लगाए। प्रसादको वक्तव्यलाई नै संस्थाले अर्को दिन उनलाई निष्कासन गरेको निर्णय ‘नाटक’ भएको टिप्पणी गर्दै सापकोटाले “म कुटे जस्तै गर्छु, तिमी रोय जस्तै गर्नु” भन्ने उखानसँग तुलना गरे।
सापकोटाले भने, प्रसादहरूलाई सिक्किममा व्यापार–व्यवसाय चलाउन कुनै आपत्ति नरहेको तर सिक्किमेहरूको अधिकार हटाउने वा राजनीतिक हस्तक्षेप गर्ने प्रयास सह्य नहुने बताए। उनले सिक्किमका अधिकारबारे कुरा उठाउनुअघि धारा ३७१एफ, सीओआई र सिक्किम सब्जेक्ट प्रमाणित गर्नुपर्ने चेतावनी दिए।
साथै, अधिकार चाहिने भए बिहारमै गएर माग्न सुझाए।










