‘हाम्रो गाउँ हाम्रो समाधान’ योजना अन्तर्गत खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ टेकवीर बस्तीमा शिलान्यास कार्यक्रम सम्पन्न

IMG-20251211-WA0094

खरसाङ: ‘हाम्रो गाउँ हाम्रो समाधान’ योजना अन्तर्गत खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ टेकवीर बस्तीको बुथ नम्बर १८७ मा सार्वजनिक शौचालयदेखि लिएर योद्धन राईको घरसम्म जाने बाटो र रेलिङ अनि निटु लामाको घरदेखि लिएर सुचिता रसाईलीको घरसम्मको फुटपाथ निर्माणको लागि शिलान्यास गरिएको छ। त्यसरी नै बुथ नम्बर वार्ड नम्बर ३ बुथ नम्बर १८८ मा फ्रान्सिस राईको घरदेखि लिएर सन्त अलफन्सेस स्कूलसम्मको नाली अनि कटलेरी पाखाको झुमा राणा लेप्चाको घर मुनिको सुरक्षा देवल साथै गिता लेप्चाको घरसम्मको फुटपाथको कामको विधिवत रूपमा पूजा अर्चनाको साथमा शिलान्यास कार्यक्रम गरियो। यस कार्यक्रममा प्रशासनिक अधिकारीमा नगरपालिकाको ईओ (डेपुटी मेजीस्ट्रेट) प्रशनजित चौधरी र ईञ्जिनियर विशाल सुनुवार, भागोप्रमो टाउन कमिटीको मूल सचिव बीरबल पाख्रीन, सह सचिव रमोद गुरूङ कार्यकारिणी सदस्यहरू समीर गुरुङ नबीन बरदेवा र प्रणित लामा, वार्ड नम्बर २ नारी शक्ति सभापति पुष्प गुरुङ, वार्ड नम्बर तीन डिम्पल लामा, टेकबीर बस्ती प्रशाखाको सभापति सुजय गुरुङ, सचिव नरेन लामा, युवा शक्ति सभापति प्रशान्त गुरूङ, सचिव सत्यम छेत्री, कोषाध्यक्ष प्रितम लामा, सल्लाहकार अमीर भुषाल लगायत समाजका अनि वार्डका प्रतिनिधिहरू उपस्थित थिए। वर्षोसम्म नबनिएको बाटो मुख्यमन्त्री ममता ब्यानर्जी र जीटीएको मुख्य कार्यपाल अनित थापा, नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुभाष प्रधानको पहलमा निर्माण हुन लागेकोमा सम्पूर्ण गाउँबासीको पक्षबाट धन्यवाद ज्ञापन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement