नयाँ दिल्ली: भारतका पूर्व विकेटकीपर ब्याटर दिनेश कार्तिकले आईपीएलपछि अब ईंग्ल्याण्डमा हुने द हण्ड्रेड टुर्नामेण्टमा पनि प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। कार्तिकलाई द हण्ड्रेडको टीम लण्डन स्पिरिटको मेण्टर र ब्याटिंग प्रशिक्षक नियुक्त गरिएको छ। फ्रेञ्चाइजीले यसबारे जानकारी दिएको छ। कार्तिक आईपीएलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को कोचिंग टीमको हिस्सा हुन् अनि अब उनलाई विदेशी लीगहरूमा पनि प्रशिक्षकको भूमिकामा देखिनेछ। लण्डन स्पिरिटका क्रिकेट निदेशक मो बोबाटले भनेका छन्, दिनेश कार्तिकलाई लण्डन स्पिरिटमा स्वागत गर्नु हाम्रो निम्ति खुशीको कुरा हो। उनमा क्रिकेटको धेरै ज्ञान रहेको छ अनि खेलको सबैभन्दा छोटो प्रारूपको फ्रेञ्चाइजी क्रिकेटमा उनको व्यापक अनुभव हाम्रो निम्ति अमूल्य साबित हुनेछ। उल्लेखनीय छ, कार्तिकले आईपीएल २०२४ पछि खेलको हरेक प्रारूपबाट सन्न्यासको घोषणा गरेका थिए। यसको साथै उनी अन्त लीगहरूमा खेल्न उपलब्ध भएका थिए। चालीस वर्षीय कार्तिक अहिले यूएई-मा जारी आईएलटी२० लीगमा शारजाह वरियर्सबाट खेलिरहेका छन्। एसए२०-को गत सीजनमा उनी पर्ल रोयल्सबाट खेलेका थिए। कार्तिकले भारतको निम्ति २६ वटा टेस्ट, ९४ वटा वनडे र ६० वटा टी२० इण्टरनेशनल म्याच खेलेका छन्।









