सबै मिलेर एउटा चिया कमान किनेर सञ्चालन गर्न सक्यौं भने त्यसबाट भएको मुनाफाले श्रमिकहरूलाई दैनिक रोजी ५ सयभन्दा धेर दिनु सक्छौं: अजय एडवर्ड

दार्जीलिङ: अब हामीले केही कार्य गरेर उदाहरण बन्न सक्नुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले आह्वान् गरेका छन्।पहाडको चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एकै मुष्ठमा पाउनुपर्छ भन्ने मांग लिएर आज हिल जोइण्ट फोरमले विराट रैली निकाल्ने काम गरेको छ। शहरको जीडीएनएस खेल मैदानबाट शुरू भएको उक्त रैलीले शहरको परिक्रमण गर्दै जिल्लापाल कार्यलय पुगेर हिल जोइण्ट फोरमले जिल्लाधिकारीलाई ज्ञापन पत्र सोम्पिने कार्य योजना रहेको भएता पनि जिल्लाधिकारी विशेष कामले बाहिरो गएको हुनाले सदर महकुमा शासकलाई ज्ञापन पत्र चढाए। हिल जोइण्ट फोरमको रैली शुरू हुन अघि पत्रकारहरूसंगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले चिया श्रमिकहरूको पूजा बोनसको विषय लिएर हरेक साल गनगन,झमेला आदि मालिक पक्षहरूबाट हुने गर्छन्। यी गनगन र झमेलाहरूबाट निजात पाउन हामी सबै मिलेर एउटा चिया बगान किनेर संचालन गर्नुपर्छ भन्ने अध्यक्ष एडवर्डले सुझाव राखेका छन्। उनले भने, दार्जीलिङ पहाडमा धेरै यस्ता साग सब्जीहरू हुने गर्छन् जसको बिक्री गरेर धेरै अर्थ संग्रह गर्न सकिन्छ। दार्जीलिङमा हुने काक्रा, ठल्ले खोर्सानी आदि जस्ता धेरै समाग्रीहरू हुने गर्छन् अनि यी साग सब्जीहरू अन्य क्षेत्रकोभन्दा धेरै स्वादिलो हुने गर्छन भन्ने अध्यक्ष एडवर्डले बताए।
अजय एडवर्डले हामी सबै मिलेर चिया कमान किनेर सञ्चालन गर्न सक्यौं भने त्यसबाट भएको मुनाफाले श्रमिकहरूलाई दैनिक रोजी ५ सयभन्दा धेर दिनु सक्छौं भन्दै हाम्रो नेपाली गोर्खा समुदायमा पाँच छ लाख रूपियाँ दिनु सक्ने धेरै छन् हामी सबै मिलेर एउटा चिया बगान किनेर हामीले उदाहरण प्रस्तुत गर्न सक्छौं। हाम्रो कार्यलाई देखेर अन्य चिया कमानको मालिकहरू पनि श्रमिकहरूलाई ध्यान दिनु बाध्य हुनेछ भनी बताएका छन्।उनले अघि भने, दार्जीलिङ पहाडलाई चिया,टुरिज साथै स्थानीय साग सब्जीहरूको माध्यमद्वारा धेरैभन्दा धेरै अर्थ संग्रह गरेर पहाडलाई उन्नतिको शिखरमा पुराउन सकिन्छ।’
एक प्रश्नको जवाफमा अध्यक्ष एडवर्डले स्पष्ट शब्दमा भने, विनय तामाङ दाजुले चिया श्रमिकहरूलाई न्याय दिलाउँछु भनेर आमरण अनशनमा बसेका थिए,उनी सिकस्त विमारी भए कसो किडनी खराब भएन। अब कुनै नेताको किडनी खराब हुनु हुँदैन साथै श्रमिकहरूले पनि विना विरोध न्याय पाएको हुनपर्छ।’ बातचितको क्रममा अध्यक्ष एडवार्डसले अघि भने, चिया श्रमिकहरूले न्याय नपाएको खण्डमा हामी चिया बगानहरूमा गएर रगत निकालेर खूनको चिया प्रचार प्रसार गर्न बाध्य हुनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement