‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि दर्शकको मन छोइदिने आशामा नयाँ चलचित्र ‘मिरमिरे’ सार्वजनिक हुँदै

film-mirmire

काठमाडौं: पछिल्ला वर्षहरूमा बुवा–सन्तानको भावनात्मक सम्बन्धलाई केन्द्रबिन्दु बनाएर आएका नेपाली चलचित्रहरूले लगातार उत्कृष्ट व्यापार गर्दै आएका छन्। गत वर्ष रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले ऐतिहासिक ५० करोड रुपैयाँ नजिकको कमाइ गर्दै दर्शकलाई रुवाउन र हसाउन दुवैमा सफल भयो। यसपछिल्लो वर्ष ‘परान’ले पनि बुवा–छोराबीचको दूरी, संघर्ष र भावनात्मक सम्बन्धमार्फत बजारमा उच्च सफलता हात पार्‍यो।
यस्तै शृङ्खलामा अब अर्को चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ। तर यसमा बुवा–छोराको होइन, बुवा–छोरीबीचको निस्वार्थ प्रेम, त्याग र जिम्मेवारीको कथा देखाइनेछ। आमाले घर छाडेपछि छोरी र बुवामात्र बाँकी रहने घर–परिवारको पृष्ठभूमिमा बनेको यो सिनेमाले एक्लो बुवाले छोटो उमेरकी छोरीका लागि गरेको संघर्षलाई कथानक बनाएको छ।
छोरीको स्याहारदेखि घरधन्दा, स्कुलपढाइ र जागिरसमेत सम्हाल्नुपर्ने अवस्थाले बुवाले भोग्ने मानसिक र भावनात्मक चुनौती चलचित्रको मुख्य धार हो। निर्देशक यम शेर्पाका अनुसार, ‘मिरमिरे’ले हरेक बुवाआमाले सन्तानका लागि गर्ने अथाह माया र त्यागलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन र अन्य कलाकारको अभिनय छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्।
आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल कार्यकारी निर्माता रहँदै चलचित्रको वितरण पनि उनले र रत्न श्रेष्ठले सम्हाल्नेछन्।
निर्माण टिमका अनुसार ‘मिरमिरे’ हरेक घर–परिवारको कथा भएकाले धेरै दर्शकले यससँग आफूलाई जोड्न सक्ने विश्वस बर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement