आशा पारेखलाई दादा साहेब फाल्के अवार्ड २०२० ले सम्मानित गर्ने घोषणा

00-Asha-Parekh

नयाँ दिल्ली: सूचना तथा प्रसारण मन्त्रालयले २०२० को लागि प्रदान गरिने ‘दादा साहेब फाल्के अवार्ड’ वरिष्ठ अभिनेत्री आशा पारेखलाई प्रदान गर्ने घोषणा मङ्गलबार गरेको छ। नयाँ दिल्लीमा आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उक्त अवार्ड प्रदान गरिने छ। निर्णयको घोषणा गर्दै, केन्द्रीय मन्त्री अनुराग ठाकुरले भने, ‘दादा साहेब फाल्के पुरस्कारको निर्णायक मण्डलले भारतीय सिनेमामा आशा पारेखजीको जीवनभरको अनुकरणीय योगदानलाई मान्यता दिएर पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गर्न पाउँदा म धेरै खुशी छुl’ मन्त्रीले यो पनि घोषणा गरे कि ६८औं राष्ट्रिय चलचित्र पुरस्कार समारोह 30 सेप्टेम्बर २०२२ मा आयोजित हुनेछ र समारोहको अध्यक्षता भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले गर्नेछिन्।

आशा पारेख एक प्रसिद्ध चलचित्र अभिनेत्री, निर्देशक, निर्माता र एक कुशल भारतीय शास्त्रीय नर्तक हुन्। बाल कलाकारको रुपमा आफ्नो करियर शुरु गरेकी उनले चलचित्र ‘दिल दे के देखो’बाट मुख्य नायिकाको रुपमा डेब्यु गरि ९५ भन्दा बढी चलचित्रमा अभिनय गरिन्। उनले कटी पतंग, तीसरी मंजिल, लभ इन टोकियो, आया सावन झूम के, आन मिलो सजना, मेरा गाउँ मेरा देशजस्ता चर्चित चलचित्रमा अभिनय गरेकी छिन्। पारेख पद्मश्री प्राप्तकर्ता हुन् जुन उनलाई सन् १९९२ मा प्रदान गरिएको थियो। उनले सन् १९९८-२००१ सम्म केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डको प्रमुखको रूपमा पनि काम गरिसकेकी छिन्। मन्त्री अनुराग ठाकुरले आशा पारेखलाई पुरस्कार दिने निर्णय पाँच सदस्यीय निर्णायक मण्डलले गरेको पनि घोषणा गरे। ५२औँ दादा साहेब फाल्के अवार्ड छनोटको निर्णायक मण्डलमा चलचित्र क्षेत्रका यी पाँच सदस्य थिए: आशा भोसले, हेमा मालिनी, पूनम ढिल्लन, टी.एस. नाग भरण, उदित नारायणl –पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *