खरसाङ: साहित्यकार भरत सुब्बाको निधन भएको छ। मार्तरेट्स होप बाँसघारी निवासी एंव हाल दिलाराम बसोबासो गर्दै आएका एक समयका साहित्यकार भरत सुब्बाको निधन भएको जानकारी प्राप्त भएको छ। ७९ र ८० को दशकमा चिर परिचित नाम भरत सुब्बा हुन्। उनले साहित्यकार शिवकुमार राईसित पनि सहकार्य गरेका थिए। भरत सुब्बाको कृतिमा कथा सूग्रह ‘अनौठो भेट’, र ‘आरूबखडा संकलन’, आदि प्रकाशित छन्। साहित्यनुरागी तथा नेपाली समाजमा उनको योगदान सराहनीय रहेको छ।
उनको निधन मंगलवारको दिन आकस्मिक रुपमा भएको छ।उनको निधनले भारतीय नेपाली साहित्यमा एउटा क्षति रहेको साहित्यकार एवं व्यंग्यकार अमीत सुब्बा ‘विकल्प’ बताएका छन्।









