खरसाङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा र खरसाङ नगरपालिकाको आयोजनामा खरसाङ महकुमा अस्पतालमा ५ रुपियाँमा भरपेट खाना पाइने माँ क्यान्टिन शुरु गरिएको छ। खरसाङ महकुमा अस्पतालमा शुरु गरिएको उक्त माँ क्यान्टिनको उदघाटन रिबन काटेर खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र अन्यको बाहुलीबाट गरिएको छ। यो क्यान्टिन अब दिउँसो १२ देखि २-३ बजीभित्र दिइने व्यवस्था गरिने भएको छ भने दिउँसो र बेलुकाको लागि पनि व्यवस्था गरिने भएको छ। उक्त माँ क्यान्टिन खरसाङ नगरपालिकामा पहिले नै शुरु गरिएको थियो भने अहिले महकुमा अस्पतालमा पनि शुरु गरिएको छ। यसको साथै खरसाङ महकुमा अस्पतालमा राती बिमारी हेर्न बस्नेहरुका लागि कम मूल्यमा सेल्टर होम पनि सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अस्पतालमा शुरु गरिएको माँ क्यान्टिन र सेल्टर होम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले मुख्यमन्त्री ममता ब्यानर्जीको सहयोगमा राज्यभरि नै माभ क्यान्टिन सञ्चालन भईरहेको र यता खरसाङ नगरपालिकामा पनि यो सञ्चालन भईरहेको र आजदेखि खरसाङ महकुमा अस्पतालमा शुरु गरिएको र अब दिउँसो र बेलुकाको लागि ५ रुपियाँमा खाना उपलब्ध गराइने जानकारी गराएका छन्। उनले खरसाङ महकुमा अस्पतालमा बिमारी रुङ्नु बसेकाहरुलाई सहयोग होस् भनेर यहाँ कम मूल्यमा सेल्टर होम पनि सञ्चालन गरिएको जानकारी गराएका छन्। उनले यो जीटीए प्रमुख अनित थापाले सरकारसित मिलेर काम गरेकोले भएको हो भनी बताएका छन्।









