महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री सम्मानित

IMG-20251210-WA0138

खरसाङ: महानदी हाई स्कूलको प्रधान अध्यापक एंव सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइएको छ।‌ टेक्नो ईण्डियाद्वारा केही समय अघि कोलकातामा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डद्वारा सम्मानित गरिएको थियो।‌ उनको यस अवार्डको लागि महानदी ग्राम पञ्चायतको संसद तीन, सिविटार क्षेत्रका पञ्चायत सदस्य राजीव तामाङको तर्फबाट सम्मान जनाइएको छ।‌ यस अवसरमा उनलाई नवदीप क्लब सिविटारको सदस्य राजेन्द्र प्रधानको बाहुलीबाट खदार्पण र टोपी पहिराइएको थियो। त्यसरी नै समाजसेवी सूर्यनारायण प्रधानको बाहुलीबाट दोसल्ला ओढाइयो भने सम्वर्ध्दना पत्र पञ्चायत सदस्य राजीव तामाङले प्रदान गरेका थिए। नवदीप क्लब सिविटारको सचिव मौसम नेवारले सञ्चालन गरेको कार्यक्रममा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राख्दै प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डको लागि बधाई दिएका छन्। उनले महानदी हाई स्कूलबाट माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई‌ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस कार्यक्रममा‌ डीएचआरद्वारा‌ आयोजित कार्यक्रममा महानदी हाई स्कूलकी‌ दशौँ श्रेणीकी विद्यार्थी शुभेच्छा राईले स्कलरशीपको परीक्षामा उच्च अंक प्राप्त गरेर क्विन अफ् हिलको टाइटल जितेकोमा खदार्पण गरेर बधाई दिइएको छ। कार्यक्रममा सह शिक्षक महेन्द्र छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।‌ यसरी सम्मान प्रदान गरेकोमा प्रधान अध्यापक महेन्द्र छेत्रीले पञ्चायत सदस्य राजीव तामाङ साथै उपस्थित सबै ग्रामवासीलाई धन्यवाद दिएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी हाई स्कूलका सह शिक्षक महेन्द्र छेत्रीले विस्तृत जानकारी गराएका छन्।

About Author

Advertisement