सासंद राजु विष्टद्वारा लगाएको आरोपको अनित थापाद्वारा खण्डन

IMG-20220927-WA0164.jpg

बेजेपीले पनि गोर्खाको लागि के गरेको छ राजु विष्टले पनि भन्नुपर्छ: अनित थापा

मिरिक: श्रमिकलाई दिइने २०% बोनस विषयमा दार्जिलिङका भाजपा सांसद राजु विष्टको आरोपमाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले प्रतिक्रिया दिएका छन्। सांसद राजु विष्टले लगाएको आरोपमाथि प्रतिक्रिया दिन्दै थापाले भने, ‘राजु विष्टले पनि भन्नु पर्यो कि बिजेपीले गोर्खाको निम्ति के गर्यो भनेर। आरोप लगाउनु सबैभन्दा सजिलो छ तर आरोप लगाउनु अघि काम पनि गरेको हुनु पर्यो। यदि ममाथि आरोप लगाउनेमाथि बोल्नु हो भने अनगन्ती कुरा मेरो हातमा छ। अरूलाई गाली गरेर राजनीति गर्नु मेरो राजनैतिक संस्कार नै होइन।’ अनित थापाले अघि भने, विपक्षको काम नै विरोध गर्नु हो।
राजु विष्ट हाम्रो सांसद हुन्। राजु विष्टलाई पनि दसैंको शुभकामना। राजु विष्टले पनि भन्नु पर्यो कि बिजेपीले गोर्खाको निम्ति के गर्यो भनेर।’
थापाले भने, राजु विष्टलाई पनि राजीनामा दिनु भनेर डिमान्ड गरेकै हो। यो राजनीति हो। विपक्षले मेरो विरोधमा बोल्नु, मलाई आरोप लगाउनु उनीहरूको धर्म हो। यसो गरेर उनीहरू जनताको भोट हत्याउने कोशिषमा छन्। तर श्रमिकलाई परेको बेला अनित थापा सधैं श्रमिकको साथमा उभिएको छ। श्रमिकको हितमा मैले गरेको कामको म प्रचार पो गर्दिन। हाम्राे ट्रेड युनियनले २०% बोनसको निम्ति कतिको काम गरेको छ सबैले देखिरहेको छ। परिणाम पनि आएको छ। अनित थापाले श्रमिक हितमा नै काम गर्छ भनेर जानेको छ हाम्रो श्रमिकहरुले। त्यसैले चिया श्रमिकहरुले मलाई भोट दिएर जिताए।’
अनित थापाले अझ भने, “सबै श्रमिकहरू मिलेर फर्स्ट फ्लसको समयमा नै बोनसको नेगोसीएसन गर्नुपर्छ। मालिकहरूले शोषण र अत्याचार पक्का गर्छ। बोनस श्रमिकहरुको अधिकार हो। आफ्नो अधिकार पाउनु पनि माङ्ग्ने जस्तो माङ्ग्नु पर्ने?
श्रमिकको हितमा हामी झगडा गर्नु हुँदैन। दसैँको छेउमा मालिकहरूले श्रमिकहरुलाई बोनसको निम्ति प्याक प्याक पारिरहेका छन्। मालिकको पैसा आउने समय हो फर्स्ट फ्लस। अब सबै श्रमिकहरू मिलेर फर्स्ट फ्लसको समयमा नै बोनसको नेगोसीएसन गर्नुपर्छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *