पहिलो टी२० म्याचमा दक्षिण अफ्रिकाविरुद्ध भारतको १०१ रनले एकतर्फी जीत

IMG-20251209-WA0115

कटक: भारतले दक्षिण अफ्रिकालाई कटकको बाराबाती स्टेडियममा खेलिएको पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा १०१ रनले पराजित गरी ५ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। भारतले आज टस हारेर पहिला ब्याटिंग गर्दै अलराउण्डर हार्दिक पाण्ड्याको अर्द्धशतकको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकी टीम १२.३ ओभरमा ७४ रन बटुलेर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्दै आज भारतको शुरुवात निराशाजनक रह्यो। ओपनर अभिषेक शर्मा (१७)-को साथमा उपकप्तान कप्तान शुभमन गिल (४) र कप्तान सूर्यकुमार यादव (१२ रन) झट्पट आउट भए। त्यसपछि भारतलाई हार्दिकले बनाएको अविजित ५९ रनले असल स्थितिमा पुऱ्यायो। हार्दिकले २८ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक तिलक वर्माले २६ र अक्षर पटेलले २३ रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा लुंगी एनगिडीले ३ विकेट लिए। जवाफमा दक्षिण अफ्रिकाको तर्फबाट कुनै पनि ब्याटरले क्रीजमा अड़िएर लड़ाइँ गर्न सकेनन्। डेवाल्ड ब्रेविसले सर्वाधिक २२ रन बनाए। यसरी कप्तान एडन मार्करम र ट्रिस्टन स्टब्सले १४-१४ रनको योगदान दिए। लगातार अन्तरालमा विकेटको पतन हुँदा दक्षिण अफ्रिकाले पूरा २० ओभर पनि खेल्न सकेन। भारतीय बलरहरूमा अर्शदीप सिंह, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अक्षर पटेलले २-२ सफलता हासिल गरे। यसबाहेक हार्दिक र शिवम दुबेको नाममा पनि १-१ विकेट रह्यो। हार्दिकले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement