सिमुलबारी गोल्ड कप शुरुः डीएसएको रोमाञ्चक जीत

photocollage_2025129224238775

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको आयोजनमा सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करण मंगलवारदेखि शुरु भयो। आज भएको टुर्नामेण्टको उद्घाटन म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले आयोजक सिमुलबारी स्पोर्टिंग क्लबविरुद्ध पेनल्टी शूटआउटमा ६-५-ले जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो तर नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका डिफेण्डर सौरभ रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने म्याचमा एकाडमी नाइट्स, गान्तोक र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। आज उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा अञ्जुल चौहान (अध्यक्ष, जीटीए सभा) उपस्थित थिए। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement