गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) की ७२औं बटालियनका कमान्डेन्ट जय प्रकाशको सक्षम र प्रेरणादायी नेतृत्वमा सोमवार मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा अन्तर बटालियन क्रिकेट टुर्नामेन्टको भव्य उद्घाटन सम्पन्न गरिएको छ। उनकाे सशक्त मार्गदर्शनले कार्यक्रमस्थलमा उत्साह, उत्साहजनक सहभागिता र अनुकरणीय खेल भावना झल्किएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
टुर्नामेन्टमा एसएसबीका तीन बटालियन—३६औं, ६९औं र ७२औं—ले सहभागिता जनाएका थिए। तीनै खेलमा प्रदर्शित प्रतिस्पर्धात्मक खेलबाट ६९औं बटालियन र ७२औं बटालियनले एक–एक खेलमा विजय हासिल गर्दै फाइनलका लागि क्वालिफाई गरेका छन्।
७२औं बटालियनका खेलाडीहरूको अनुशासन, जोश, समर्पण तथा उच्च खेलकौशलले सम्पूर्ण प्रतियोगितालाई नयाँ उचाइमा पुर्याएको भन्दै आयोजकले प्रशंसा गरेको छ। यस्तै, दुवै बटालियनको उत्कृष्ट प्रदर्शनले टुर्नामेन्टलाई सफल र अविस्मरणीय बनाएको बताइएको छ।









