बाराहिमिजोङ पर्वको अवसरमा राज्यपाल ओमप्रकाश माथुरद्वारा मङ्गर समुदायलाई शुभकामना

photocollage_20241011162117124

गान्ताेक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले बाराहिमिजोङ पर्वको शुभ अवसरमा सम्पूर्ण सिक्किमेली जनता, विशेषगरी मङ्गर समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एक शुभकामना सन्देश जारी गर्दै राज्यपाल माथुरले बाराहिमिजोङ पर्व मङ्गर समुदायका लागि अत्यन्तै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको परम्परा भएको उल्लेख गरे। उनका अनुसार यो पर्वले समुदायलाई आफ्ना पुर्खापूर्वज तथा कुलदेवताप्रति कृतज्ञता प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्ने एक पवित्र मौका प्रदान गर्छ।
राज्यपालले भने, “यो पर्व ताजा बाली चढ़ाएर वर्षभरि प्राप्त आशीर्वादका लागि सर्वशक्तिमानप्रति कृतज्ञता व्यक्त गर्ने तथा आगामी दिनहरूमा राम्रो भाग्य र समृद्धिको कामना गर्ने अवसर हो।”
उनले सिक्किमका सबै नागरिकलाई सर्वशक्तिमानले आगामी वर्षहरूमा प्रशस्त फसल, सु-स्वास्थ्य र अनन्त समृद्धिको आशिष प्रदान गरून् भन्ने कामना गरे।
साथै, राज्यपाल माथुरले सिक्किमेली लोकाचार, संस्कार र मूल्यमान्यताको केन्द्रमा रहेको दिव्यता सबै संवेदनशील प्राणीमा फैलियोस् भन्ने शुभेच्छा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement