केन्द्रीय गृहमन्त्री अमित शाहले गरे गुजरातको कलोलमा १५० बेडको ईएसआईसी अस्पताल र उमिया माता केपीको उद्घाटन

00-image001T7SM

शैक्षिक ट्रष्टको ७५० शैयाको आदर्श बहुविशिष्ट अस्पतालको शिलान्यास

नयाँ दिल्ली: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले मङ्गलबार कलोल, गुजरातमा १५० बेडको ई एसआईसी अस्पताल र उमिया माता केपीको उद्घाटन गरे। शैक्षिक ट्रष्टको ७५० शय्याको आदर्श बहुविशिष्ट अस्पतालको शिलान्यास यस अवसरमा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मण्डाविया, केन्द्रीय श्रम तथा रोजगार मन्त्री भूपेन्द्र यादव एवं श्रम तथा रोजगार राज्यमन्त्री रामेश्वर तेली उपस्थित थिए। आफ्नो सम्बोधनमा गृहमन्त्री अमित शाहले भने, ‘आज कलोलमा दुई ठूला अस्पतालको पूजा भइरहेको छ। यी अस्पतालबाट कलोल तहसील र नगरवासीले राम्रो उपचार सुविधा पाउने छन्l उमियामाताजी कडवा पाटीदार ट्रष्टले निर्माण गरेको अस्पतालमा ३५ प्रतिशत गरिब बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाउने छन्l’ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा र केन्द्रीय श्रम मन्त्री भूपेन्द्र यादवको नेतृत्वमा श्रम बीमाको राज्य योजनालाई देशभर पुनर्जीवित गरिएको र देशभरका श्रमिकहरूले यसको लाभ प्राप्त गरिरहेको बताए। उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले देशका प्रत्येक व्यक्ति विशेष गरी गरिबलाई स्वास्थ्यको पूर्ण अधिकार दिने काम गरेका छन्। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री आयुष्मान योजनाअन्तर्गत देशका ६० करोड गरिबलाई ५ लाख रुपियाँसम्म निःशुल्क स्वास्थ्य सुविधा दिने व्यवस्था गरेका छन्l’

केन्द्रीय गृहमन्त्रीले भने, ६४ हजार करोड रुपियाँको आयुष्मान स्वास्थ्य पूर्वाधार मिशन देशका गरिबहरूका लागि पहिलो यस्तो ठूलो योजना हो। यसअन्तर्गत देशका प्रधानमन्त्री नरेन्द्र मोदीले ६०० भन्दा बढी जिल्लामा क्रिटिकल केयरसहित ३५ हजार नयाँ बेड उपलब्ध गराउने काम गरेका छन्। मोदी सरकारले देशका ७३० जिल्लामा एकीकृत जनस्वास्थ्य प्रयोगशाला र महामारीसँग सम्बन्धित विभिन्न प्रमुख रोगहरूका लागि १६०० करोड रुपियाँ विनियोजन गरेर अनुसन्धान केन्द्रहरू खोल्ने काम पनि गर्‍योl’ गृहमन्त्री अमित शाहले भने, ‘सन् २०१३-१४ मा देशमा केवल ३८७ मेडिकल कलेजहरू थिए र प्रधानमन्त्री नरेन्द्र मोदीले २०२१-२२ मा तिनीहरूको संख्या ५९६ सम्म पुर्‍याउने काम गरे। मोदी सरकारले एमबीबीएसको सिट संख्या ५१ हजारबाट ८९ हजार पु¥याउने काम गरेको थियो। पीजी सिट ३१ हजारबाट बढाएर ६० हजार पुर्याउने काम पनि मोदी सरकारले गरेको थियो। यसबाहेक १० नयाँ एम्स स्थापना भएको छ, ७५ नयाँ मेडिकल कलेजलाई स्वीकृति दिइएको छ र थप २२ वटा एम्स स्थापना गर्ने योजना छl’

केन्द्रीय गृहमन्त्री अमित शाहले भने, ‘गुजरातले मातृ मृत्युदर, शिशु मृत्युदर र संस्थागत प्रसवको क्षेत्रमा पनि सन् २०१८ को तथ्याङ्कको तुलनामा ठूलो प्रगति गरेको छl’ उनले मातृ मृत्युदर र शिशु मृत्युदर सच्याउन निकै गाह्रो भएको र संस्थागत सुत्केरीमा आज १०० मध्ये ९६ प्रसुती अस्पतालमा हुने गरेको बताए। उनले गुजरातले लिङ्ग अनुपातमा पनि निकै राम्रो प्रगति गरेको बताए। उनले क्षयरोग र क्यान्सरका लागि विशेष अभियान चलाइएको र त्यसअन्तर्गत यी रोगलाई प्रारम्भिक चरणमा नै पत्ता लगाउन सकिने बताए। गान्धीनगर जिल्लाका दुवै तहसील गान्धीनगर र कलोलमा करिब ८० प्रतिशत ग्रामीण क्षेत्रमा क्यान्सर परीक्षणको काम पूरा भएको छ। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *