ईग्ल्याण्डविरुद्ध दोस्रो एशेज टेस्टमा अष्ट्रेलिया ८ विकेटले विजयी

IMG-20251207-WA0120

ब्रिसबेन: अष्ट्रेलियाले दोस्रो टेस्ट म्याचमा ईंग्ल्याण्डलाई ८ विकेटले पराजित गरी ५ वटा टेस्ट म्याचको एशेज सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। यस डे-नाइट टेस्ट म्याचमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३३४ रन बनाएको थियो। त्यसपछि अष्ट्रेलियाले ५११ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १७७ रनको बढ़त हासिल गरेको थियो। ईंग्ल्याण्डले दोस्रो ईनिंग्समा २४१ रन बनाउँदा अष्ट्रेलियालाई म्याच जित्न केवल ६५ रन बनाउने लक्ष्य हासिल भयो। अष्ट्रेलियाले आइतवार केवल २ विकेटमा ६९ रन बनाएर म्याच जित्यो। अष्ट्रेलियाले ट्रेविस हेड र मार्नस लाबुशेनको विकेट मात्र गुमायो। यी दुवैलाई गस एटकिन्सनले आउट गरे। स्टीव स्मिथले छक्काको साथ अष्ट्रेलियालाई जीत दिलाए। स्मिथ २ वटा छक्का र २ वटा चौकाको साथ ९ बलमा २३ रन बनाएर अविजित रहे। यसरी ओपनर जेक वेदराल्डले अविजित १७ रन बनाए। यी दुई टोलीबीच तेस्रो टेस्ट म्याच १७ दिसम्बरदेखि शुरु हुनेछ। ईंग्ल्याण्डले ब्याटको साथ दोस्रो ईनिंग्समा निराशाजनक प्रदर्शन गऱ्यो। म्याचको तेस्रो दिन ईंग्ल्याण्डले १३४ रनमै ६ विकेट गुमाउँदा नै अष्ट्रेलियाको जीत तय लागिरहेको थियो। आइतवार ईंग्ल्याण्डको निम्ति कप्तान बेन स्टोक्सले लड़ाइँ गरे पनि कुनै फाइदा भएन। ईंग्ल्याण्डले आइतवार थप १०७ रन बनाएर रहल ४ विकेट गुमायो। स्टोक्स र विल ज्याक्सले सातौं विकेटको निम्ति ९६ रनको पार्टनरशीप गरे। ज्याक्सले ४१ रन बनाए। स्टोक्सले १५२ बल खेलेर ४ वटा चौकाको साथ ५० रन बनाए। अष्ट्रेलियाई बलरहरूमा नेसरले सर्वाधिक ५ विकेट लिए। अष्ट्रेलियाका स्टार्कलाई प्लेयर अव् द म्याच चयन गरियो। स्टार्कले म्याचमा जम्मा ८ विकेट लिनको साथै अष्ट्रेलियाको पहिलो ईनिंग्समा ७७ रन पनि बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement