मानेबुङ–देन्ताम: मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत बेघाबाट नयाँ सदस्यहरू सिटिजन एक्सन पार्टी (क्याप) सिक्किममा प्रवेश गरेको पार्टीले दाबी गरेको छ। क्याप सिक्किमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बेघाबाट आएको समर्पित समूहलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको उल्लेख छ।
कार्यक्रममा पार्टीका अध्यक्ष गणेश राईले नयाँ सदस्यहरूलाई स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। उनले पारदर्शिता, न्याय र जनमुखी शासनका लागि जारी आन्दोलनमा सहभागी भएको भन्दै नयाँ सदस्यहरूलाई धन्यवाद दिएका छन्।
क्यापका अनुसार सदस्यता विस्तारसँगै पार्टीको तल्लो तहसम्मको संगठनात्मक उपस्थिति झनै सुदृढ बनेको छ। यसले सिक्किमको उज्ज्वल भविष्यका लागि जारी संघर्षमा नयाँ उर्जा र सामूहिक संकल्प थपिएको पार्टीको दाबी छ।
पार्टीले नयाँ सदस्यप्रति आभार व्यक्त गर्दै क्यापका आदर्श, मूल्य तथा जनसेवामा निरन्तर सक्रिय योगदानको आशा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।










